नविल वैंकका सुरक्षा गार्डको मृत्युः कोरोनालाइ दोस
पोखराको सभागृह स्थित नविल वैंक लिमिटेडका सुरक्षा गार्डको केहि दिन अघि उपचारका क्रममा मृत्यु भयो। स्वास्थ्य कार्यालयले मृत्युको कारण कोरोना भएको पुष्टि गरेको छ । तर, उनको मृत्युमा कोरोनालाई दोस मात्रै लगाईयो । सुरक्षा गार्ड अभि (नाम परिवर्तन) को मृत्युमा अस्पताल दोसी भएको चर्चा सुरु भएको छ ।
उमेरले ५० कटेका अभि शारीरिक रुपमा फुर्तिला र अत्यन्तै मिलनसार थिए। त्रिमुर्ती सेक्युरिटिजले उनलाई नविलनमा सुरक्षा गार्डको रुपमा खटाएको थियो । नविलमा काम गर्न थालेदेखि नै उनको ब्यवहार अरु सुरक्षा गार्ड भन्दा फरक थियो। वैंकलाई आफनै कार्यालय जस्तो सम्झने र सोहि अनुसार काम गर्ने उनको स्वभाव थियो। यहि स्वभावका कारण वैंकका सामान्य कर्मचारीदेखि शाखा प्रमुखसम्मले उनलाई आफनै कर्मचारी सरह ब्यवहार गर्थे, भलै उनी तलव त्रिमुर्ती सेक्युरिटिजवाट थाप्थे।
यति मात्र होईन, अभि निडर र अरुका लागि आदर्श पनि थिए । पछिल्लो समय सुरु भएको कोरोना संक्रमण र त्यसले उत्पन्न गर्न सक्ने जोखिमका विषयमा उनी हरुलाई राय सल्लाह दिन्थे । अनावश्यक रुपमा भिडभाड नगर्न र सकेसम्म घरवाटै ननिस्कने उनले अरुलाई सल्ला दिन्थे। तर, उनी आफु भने काममा खटिएकै हुन्थे । सरकारले वैंक तथा वित्तिय संस्थालाई अत्यावश्यक सेवाका रुपमा परिभाषित गर्दै निश्चित समय खोल्ने अनुमति दिएपछि उनले पनि काममा खटिनु पर्ने नै भयो । तर, उनले आफनो कामका अगाडि कोरोनालाई कुनै महत्व दिएनन् । उनी भन्थे–‘म कोरोनाका कारण मर्दिन ।’
भयो पनि उस्तै । शारीरिक रुपमा तन्दुरुस्त भएपनि केहि समयदेखि उनको पेटमा समस्या देखियो । चेकजाँचका क्रममा पेटमा मासुको डल्लो पलाएको जानकारीपछि त्यसलाई अप्रेसन गरेर फाल्नु पर्ने निस्कर्ष निस्कियो। सोहि अनुसार उनी अस्पताल भर्ना भए। अप्रेसन सफल पनि भयो । तर, त्यसको केहि दिनपछि नै उनको मृत्युको घोषणा गरियो ।
अभिको मृत्युको खवरले सवैलाई चकित तुल्यायो। पेटको अप्रेसनपछि पनि उनी ‘आफु सामान्य अवस्थामा रहेको’ वताईरहेका थिए । तर, यसै विचमा उनको कोरोना रिपोर्ट पोजेटिभ आयो। त्यसपछि अस्पतालले उनको रेखदेख र चेकजाँचमा लत्तो छोड्यो । रिपोर्ट आउनु पुर्व राम्रो ब्यवहार गरिरहेका स्वास्थ्यकर्मीहरु रिपोर्ट आउनासाथ पर–पर हुन थाले ।
नविल वैंकका शाखा प्रवन्धक सुर्य रोका भन्छन्–‘मैले एक दिन वहाँलाई फोन गरेको थिए। त्यो दिन चाँही वहाले आफुलाई अलि गाह्रो भएको वताउनु भयो ।’ केहिलै हिम्मत नहार्ने वहाले त्यस्तो कुरा गरेपछि आफुलाई अनौठो लागेको र कोरोनाका कारण भेट्न जान पनि नसकेको उनले वताए ।
अभिका आफन्तले पनि उनको मृत्यु कोरोना कारण नभई अस्पतालको खेलाची र वेवास्ताका कारण भएको आरोप लगाएका छन् । ‘कोरोनाले त दोस मात्रै पायो’ उनीहरु भन्छन्–‘खासमा वहाँको मृत्यु स्वास्थ्यकर्मीको छि–छि र दुब्र्यवहारले भयो ।’ कोरोना रिपोर्ट आएपछि स्वास्थ्यकर्मीले हेरचाह गर्न छोडे, अप्रेसनका कारण शारीरिक रुपमा कमजोर रहेका उनी मानसिक रुपमा पनि कमजोर वन्दै गए । सोहि कारण अभिको मृत्यु भएको आफन्तको आरोप छ ।