News

सिन्धुपाल्चोकमा गएको पहिराको घटनाप्रति मुख्यमन्त्री पौडेलद्वारा दुःख व्यक्त

सिन्धुपाल्चोकमा गएको पहिराको घटनाप्रति मुख्यमन्त्री पौडेलद्वारा दुःख व्यक्त

वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले पछिल्लो पटक सिन्धुपाल्चोकमा गएको पहिराको घटनाप्रति दुःख व्यक्त गरेका छन् । आज एक सन्देश जारी गर्दै उनले प्राकृतिक विपत्तिले सिन्धुपाल्चोकलाई फेरि पीडा दिएको जनाउँदै उद्धार र राहतमा जुट्न सम्पूर्णलाई अनुरोध गरे।

उनले सन्देशमा बाह्रबिसे–७, घुम्थाङ नागपुजेमा गए राति गएको पहिरामा परी तीन जनाको मृत्यु र २० जनाभन्दा बढी बेपत्ता भएकोे दुःखद खबरले स्तब्ध र दुःखित बनाएको उल्लेख गरे। ‘पहिरामा परी ज्यान गुमाउनेहरुप्रति हार्दिक श्रद्धाञ्जलि अर्पण गर्दै  घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु । विपतको क्षणमा उद्धार र राहतमा खटिएका सम्पूर्णप्रति आभार व्यक्त गर्दै आफन्तसहित बाससमेत गुमाएका व्यक्तिहरुको पुनर्स्थापनामा प्रदेश सरकार प्रतिबद्ध रहेको जानकारी गराउन चाहन्छु’, मुख्यमन्त्री पौडेलले सन्देशमा भनेका छन्।
(रासस)

विशेष