News

२४ घन्टामा १ हजार १ सय ७० जनालाई कोरोना, ८ सय ७९ जना डिस्चार्ज

२४ घन्टामा १ हजार १ सय ७० जनालाई कोरोना, ८ सय ७९ जना डिस्चार्ज

मुलुकभर पछिल्लो २४ घन्टामा १ हजार १ सय ७० जनामा नयाँ कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रेस ब्रिफिङमा दिईएको जानकारी अनुसार यसै अवधिमा ८ सय ७९ जना निको भएका छन् ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५५ हजार ३ सय २९ पुगेको छ भने निको हुनेको संख्या ३९ हजार ५ सय ७६ जना पुगेको प्रवक्ता डा जागेश्वर गौतमले वताए ।

यसैगरी, २४ घण्टमा थप १५ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ। योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ सय ६० पुगेको उनले जानकारी दिए ।

१५ हजार ३ सय ९३ जना आईसोलेसनमा र ६ हजार ८ सय ९२ जना क्वारेन्टाइनमा छन् ।

विगत २४ घण्टामा १० हजार ८७८ जनाको र हालसम्म ८ लाख ५१ हजार ४०५ जनाको पिसिआर परिक्षण गरिएको गौतमले वताए । 
 

विशेष