सिरहामा कोरोना संक्रमणबाट एक महिलाको मृत्यु
सिरहामा कोरोना संक्रमणबाट एक महिलाको मृत्यु भएको छ ।
कर्जन्हा नगरपालिका–२ बन्दीपुरकी ३५ वर्षीया महिलाको उपचारका क्रममा मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख कृष्णदेवले जानकारी दिए।
ज्वरो आएपछि उनलाई जनकपुरस्थित काव्या अस्पतालमा भर्ना गरिएको थियो । पीसीआर परीक्षण गर्दा कोरोना पुष्टि भएपछि उनलाई आइतबार बिहान प्रादेशिक अस्पताल जनकपुर लगिएको थियो ।
उपचारकै क्रममा आईतवार राती उनको मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ।
सिरहामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ पुगेको छ ।