News

सप्तरीमा २ स्वास्थ्यकर्मी र ७ विरामीसहित २२ जनालाई कोरोना संक्रमण

सप्तरीमा २ स्वास्थ्यकर्मी र ७ विरामीसहित २२ जनालाई कोरोना संक्रमण

सप्तरीमा सोमवार गजेन्द्रनारायण सिंह अस्पतालका २ जना स्वास्थ्यकर्मी र ७ जना विरामीसहित २२ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ ।

अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट रणजीतकुमार झाका अनुसार अप्रेसन थिएटरका ४० वर्षिय असिस्टेन्ट स्वास्थ्यकर्मी र इमर्जेन्सी फाँटका एक जना चिकित्सकलाई कोरोना पुष्टि भएको छ। यसैगरी डाईलाईसिस वार्डका ७ जना विरामीमा कोरोना पुष्टि भएको उनले जानकारी दिए ।

यसैगरी २५ वर्षिय सुरक्षा गार्ड (पुलिस) लाई पनि कोरोना संक्रमण भएको उनको भनाई छ । 

स्वास्थ्य कार्यालय सप्तरीका अनुसार अस्पतालका स्वास्थ्यकर्मी र विरामीसहित जिल्लाका कुल २२ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ ।

विशेष