News राजनीति

काँग्रेसलाई पुनःजीवित बनाउन आवश्यक छः पूर्वमन्त्री भण्डारी

काँग्रेसलाई पुनःजीवित बनाउन आवश्यक छः पूर्वमन्त्री भण्डारी

नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री शङ्कर भण्डारीले पार्टीलाई पुनःजीवित गराउन आवश्यक रहेको बताएका छन्।

स्कूल अफ डेमोक्रेसी तनहुँको आज दमौलीमा आयोजित पदस्थापन कार्यक्रममा उनले कमजोर बन्दै गएको पार्टीलाई बलियो बनाउन पुनःजीवित र पुनःसङ्गठनको आवश्यकता रहेको बताए।

भण्डारीले काँग्रेस बलियो भए मात्रै लोकतन्त्र बलियो हुने भएकाले त्यसतर्फ सबै नेता तथा कार्यकर्ता लाग्नुको विकल्प नभएको बताउँदै काँग्रेसले हिजो कुन विचार बोकेर अगाडि बढ्यो, के थियो काँग्रेसको मूल सिद्धान्त र विचार त्यसतर्फ सोच्नुपर्ने बेला आएको छ भने।

काँग्रेसले स्पष्ट नीति बनाउन नसक्ने र आफ्नै मौलिकता र पहिचान जोगाउन नसक्ने हो भने काँग्रेस समाप्त हुने उल्लेख गर्दै उहाँले राष्ट्रवादी शक्तिलाई जोड्न नसके काँग्रेस पनि समाप्त हुने र काँग्रेस समाप्त हुँदा लोकतन्त्र पनि समाप्त हुने बताए। उनले भने–ण्àदेशको स्वाभिमान, सार्वभौमिकता र नेपाली जनताको अधिकारका विरुद्धमा कुनै पनि प्रकारका शक्तिको चलखेललाई स्वीकार गर्न सकिँदैन ।’ 

नेपाली काँग्रेसका जिल्ला सचिव विश्व बाँस्तोलाले सुशासन र पारदर्शीतामा सरकार कमजोर रहे पनि प्रमुख प्रतिपक्षी दलले सरकारविरुद्ध आवाज उठाउन नसकेको बताए। 
(रासस)

विशेष