News देश

१८ जिल्लामा कोरोनाका १ हजार भन्दा बढी संक्रमित

१८ जिल्लामा कोरोनाका १ हजार भन्दा बढी संक्रमित

नेपालमा एक हजार भन्दा बढी सङ्क्रमित हुने जिल्ला उपत्यकासहित १८ वटा पुगेका छन ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले काठमाडौ उपत्यकामा हालसम्म १२ हजार २४८ जनामा सङ्क्रमण देखिएको बताए ।

इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका अनुसार काठमाडौ जिल्लामा मात्रै संक्रमितको संख्या १० हजार २६ पुगेको छ । जसमा तीन हजार ३ सय २ महिला र छ हजार ७ सय २४ पुरुष छन् ।

यस्तै ललितपुरमा संक्रमितको संख्या एक हजार १ सय ९१ जना पुगेको छ। जसमा ५४१ महिला र ६५० पुरुष छन्। भक्तपुरमा एक हजार ३१ जना सङ्क्रमितमा ४२८ जना महिला र ६०३ पुरुष छन ।

काठमाडौ जिल्लापछि पर्सामा सवैभन्दा बढी सङ्क्रमित देखिएका छन । पर्सामा दुई हजार ५४४ जना संक्रमित पुगेका छन् ।

यसैगरी, सर्लाहीमा दुई हजार २७९, मोरङमा दुई हजार २६७, रौतहटमा दुई हजार ९, कैलालीमा एक हजार ९९०, धनुषामा एक हजार ९०३ र रुपन्देहीमा एक हजार ७८४ जनामा सङ्क्रमण देखिएको छ ।

यस्तै बाँकेमा एक हजार ४५०, महोत्तरीमा एक हजार ४२३, चितवनमा एक हजार ३४४, सुनसरीमा एक हजार ३१६, कपिलवस्तुमा एक हजार २७७, बारामा एक हजार २३७, दैलेखमा एक हजार ९९ र डोटीमा एक हजार २० जना रहेका छन् । नेपालमा अहिलेसम्म कुल ३९ हजार ५७६ जना डिस्चार्ज भएका छन् ।

देशभर हालसम्म कुल सङ्क्रमितको संया ५५ हजार ३२९ पुगेको छ । पछिल्लो पटक बन्दाबन्दी खुकुलो भएसँगै उपत्यकामा सङ्क्रमितको सङ्ख्या बढ्न थालेको हो ।

विशेष