News विदेश

डिज्‍नीप्रति आक्रोस, उइगरमाथिको चिनियाँ नरसंहार रोक्‍न विश्व समुदायलाई अपिल

डिज्‍नीप्रति आक्रोस, उइगरमाथिको चिनियाँ नरसंहार रोक्‍न विश्व समुदायलाई अपिल

चीनको नरसंहारले खोट लगाएको भूमिमा डिज्‍नीको छनोटले उठाएको मुद्दाहरुले समग्र विश्वव्यापी समुदाय र विशेष गरी विश्वव्यापी मुस्लिम उम्मका लागि गम्भीर असर पारेको छ । एक उइगर मुसलमान भएकोले म चिन्तित छु कि मेरो जनताको विनाशलाई चिनियाँ ब्लड मनीका कारण बेवास्ता गरिएको छ । धेरै व्यक्तिहरू पहिले नै यो नरसंहारमा उइगर दासद्वारा बनाइएका उत्पादनहरू प्रयोग गरेर र अब डिज्‍नीले चिनियाँ शासनका कार्यहरूको समर्थन गरेर यसलाई थप जटिल बनाएको छ । 

मेरो आफ्नै बहिनी, एक सेवानिवृत्त मेडिकल डाक्टरलाई सन् २०१८ देखि हिरासतमा राखिएको छ । उनलाई जबरजस्ती बेपत्ता पारिएको यो साता दोस्रो वर्ष पूरा भयो । उनको बारेमा दुई वर्षको अवधिमा हामीलाई केही जानकारी दिइएको छैन । जब म डिज्नीको मुलानबारे समाचार देख्छु, म असहया र हैरान हुन्छु । यदि डिज्‍नीका टोलीहरू उनी बसेको यातना शिविरबाट गए भने अवस्था के हुन्छ ?  म डिज्‍नीलाई सोध्न चाहन्छु कि उनीहरूले कसरी संसारको सबैभन्दा प्रतिबन्धित क्षेत्रहरूमा फिल्म बनाउने अधिकार सुरक्षित गरे ? तर म मेरी बहिनीको बारेमा चिनियाँ अधिकारीहरूसँग एक शब्द पनि सोध्‍न सकिरहेको छैन । 

चिनियाँ शासनले मानव जीवनलाई भन्दा पैसालाई मूल्यवान् ठान्छ र हामी यस विचारधाराको चर्को विरोध गर्छौं । डिज्‍नीले मानवीय त्रासदीबाट नाफा कमाउन प्रयास गर्नु सबैभन्दा ठूलो मानवतामाथिको गल्ती हुनेछ । सबैभन्दा चरम वास्तविकता यो हो कि यस फिल्ममा अभिनेत्रीले उनको प्लेटफर्म प्रयोग गरेर स्वतन्त्रताविरूद्ध बोल्न र चिनियाँ कम्युनिष्ट पार्टीको निरंकुश क्रूरतालाई समर्थन गर्न प्रयोग गरिरहेको छ । फिल्म मुलान र यसका रिलीजको वरिपरि स्थितिले विश्वभरि रहेका लाखौं उइगरलाई अत्यन्त पीडा दिएको छ । 

यदि हामी मानवताको मूल्य र न्यायप्रति साँच्चिकै प्रतिबद्ध छौं भने हामीले आफ्नो जटिलताको ध्यानपूर्वक मूल्यांकन गर्नुपर्दछ । यसमा साहस र बहादुरीका विषयवस्तु भएको मुलान जस्ता कथा पूर्णतया विश्वासघातको कारण पूर्णरूपमा क्षतिग्रस्त भएका छन् । र म डिज्नीलाई कारबाही गर्न माग गर्दछु । म विशेष गरी इस्लामिक देशहरू र मुस्लिम उम्महलाई चीनको अपराध र युद्धलाई वेवास्ता नगर्न आग्रह गर्दछु । पवित्र कुरानको पुन: लेखन गरेर, र हाम्रो विश्वासका सबै सामान्य प्रचलनहरूलाई गैरकानुनी बनाएर चीनले हामीमाथि ठूलो घात गरिरहेको छ । उइगरहरुको वर्तमान स्थिति अविश्वसनीयरूपमा गम्भिर अवस्थामा छ । 

जबकि अन्तर्राष्ट्रिय समुदायले यो नरसंहारलाई छलफल गर्न बौद्धिक मुद्दाको रूपमा व्यवहार गरेको छ, तर, उइगरहरु चिनियाँ हिरासतमा मरिरहेका छन् । यस दुष्टताले सारा संसारलाई जित्‍नअघि हामी सहयोगको लागि पुकारिरहेका छौं । यदि यो नरसंहार रोक्दैन भने उइगरको विपत्तिको असर सिंगो विश्वमार पर्नेछ ।
 

विशेष