News विदेश

एसियाका दुई ठूला शक्ति राष्ट्रहरु सीमा विवादका कारण हिंसात्मक झडपमा

एसियाका दुई ठूला शक्ति राष्ट्रहरु सीमा विवादका कारण हिंसात्मक झडपमा

एसियाका दुई ठूला शक्ति राष्ट्रहरु सीमा विवादका कारण हिंसात्मक झडपमा उत्रिएपछि सेप्टेम्बरमा सुरुवातामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नयाँदिल्ली र बेइजिङबीच सीमा विवाद समाधानका लागि मध्यस्थता गर्न तयार भएको बताएका थिए । अर्को मुलुकको भूमि जबरजस्ती आफ्नो दाबी गर्ने चिनियाँ चाल नयाँ भने होइन । विगतमा पनि चीनले यस्ता थुप्रै घटनाहरु भएका छन् । 

विस्तारवादी, कम्युनिष्ट शासनले १४ देशहरूको सीमा अतिक्रमण गरेको छ र २१ मुलुकहरुसँग सीमा विवाद छ । भारतसँगको बेइजिङको हालको समस्या 'स्टण्डअलोन' मुद्दा होइन तर प्राकृतिक रुपमा पनि धेरै पुरानो हो भन्‍ने प्रमाणित हुन्छ । 

अफगानिस्तान, भुटान, भारत, कजाकिस्तान, किर्गिजस्तान, लाओस, मंगोलिया, म्यानमार, नेपाल, उत्तर कोरिया, पाकिस्तान, रसिया, ताजिकिस्तान र भियतनामलगायतका मुलुकसँग चीनको सीमा जोडिएको छ । 

यी मुलुकसँग चिनको सीमा समस्या 

अफगानिस्तान

दुई देशहरू अफगानिस्तानको बदखान प्रान्तको वखान जिल्लामा रहेको वाखान कोरिडोर भनेर चिनिने सिमाना चीनसँग जोडिएको छ । सन् २९६३ मा हस्ताक्षर भएको द्विपक्षीय सन्धिको बाबजुद चीनले उक्त प्रान्तको केही भाग अवैध रूपमा कब्जा जमाएको छ । 

भुटान

केही महिना अघि चीनले भूटानको साक्तेङ वन्यजन्तु आरक्षणलाई "विवादित" क्षेत्र भनी दाबी गरेको थियो । "विवादित" क्षेत्र तावाङ नजिक छ, जुन भारतको अरुणाचल प्रदेशको मुख्य सहर हो । 

ब्रुनेई

चीनले स्प्राटली टापुको दक्षिणी भागको दाबी गरेको छ भने ब्रूनेईले दक्षिण चीन सागरमा यसको हिस्सा रहेको बताउँदै निरन्तर द्वन्द्व हुने गरेको छ ।
 
कम्बोडिया

विशेष