News

कोरोना सङ्क्रमणबाट एक महिलाको मृत्यु

कोरोना सङ्क्रमणबाट एक महिलाको मृत्यु

वीरगञ्जस्थित नारायणी अस्पतालको आइसियुमा उपचाररत एक महिलाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ ।  मृत्युहुनेमा बाराको डुमरवाना १४ निवासी ५५ वर्षीय महिला रहेकी छिन् । 

उच्च ज्वरो, कडा निमुनिया र स्वासप्रस्वास रोगबाट ग्रसित ती महिलालाई परिवारले यही भदौ २९ गते अस्पताल भर्ना गरिएिको थियो । 

पिसिआर परीक्षण गर्दा कोरोना पुष्टि भएको अस्पतालका वरिष्ठ चिकित्सक डा उदयनारायण सिंहले जनाकारी दिए।

कडा निमोनिया र स्वासप्रस्वास समस्या कारण महिलाको मृत्यु भएको डा सिंहले जानकारी दिए।

शवलाई व्यवस्थापन गर्न स्थानीय प्रशासनलाई जिम्मा दिइएको अस्पतालले जनाएको छ । 
(रासस)

विशेष