विपी प्रतिष्ठानका उपकुलपति गिरीलाई कोरोना संक्रमण
सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति ज्ञानेन्द्र गिरीलाई कोरोना संक्रमण पुष्टि भएको छ ।
बीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आधिकारिक फेसबुक पेज मार्फत उनले आफूलाई कोरोना संक्रमण भएको सार्वजनिक गरेका हुन् ।
‘उपकुलपतिका रुपमा जिम्मेवारी निर्वाह गर्ने क्रममा सम्पुर्ण सुरक्षा उपायहरु अपनाउँदा अपनाउँदै साथै दुई हप्ताको अन्तरालमा नियमित परिक्षण गर्दै गर्दा पनि अहिले साझँ चिकित्सक मार्फत म कोरोना संक्रमीत भएको पुष्टि भएको छ’ उनले भनेका छन्–‘प्रतिष्ठानले कोरोना विशेष लेभल ३ अस्पताल मार्फत कोरोनाका लागि स्वास्थ्य सेवा प्रदान गरिरहेको र दैनिक आईपर्ने विभिन्न संस्थागत समास्याहरुको समाधान, भावी दिनमा गरिने कार्यहरुको योजना रणनीति निर्माण गर्दै दैनिक कार्यालयकै काममा रहेको बखत भएको यो संक्रमणबाट हतोत्साहित नभई आम जनस्वास्थ्यलाई मध्यनजर गर्दै म हाल आफ्नै निवासमा लक्षणविहिन अवस्थामा आईसोलेसनमा सुरक्षित साथ बसिरहेको छु।’
प्रतिष्ठानका दैनिक कार्यहरुका निवासवाटै संचालित हुनेछन् भने तत्काल आईपर्ने समस्याहरु सचिवालय मार्फत समन्व्यमा हुने उनले जानकारी दिएका छन् ।
उनले आफनो सम्पर्कमा आएका सवैलाई पिसिआर परिक्षण गर्न र सजगता अपनाउन आग्रह गरेका छन् ।