News

कोरोनाका कारण सप्तरीका एक युवकको धरानमा मृत्यु

कोरोनाका कारण सप्तरीका एक युवकको धरानमा मृत्यु

सप्तरीमा वुधवार कोरोना संक्रमणका कारण एक युवकको मृत्यु भएको छ ।

खडक नगरपालिका ३ का ३५ वर्षिय युवकको उपचारका क्रममा मृत्यु भएको हो ।

उपचारका लागि धरान स्थित विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा भर्ना भएका उनको वुधवार विहान करिव ७ वजे उपचारकै क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ ।

उनी किड्नी सम्वन्धि विरामी रहेको जनाईएको छ । 

प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाका अनुसार ती युवक उच्च रक्तचापसँगै मृगौलाको समस्याबाट पनि पीडित थिए ।

एक वर्षदेखि सातामा दुईपटक डायलसिस गराउँदै आएका ति युवकलाई ज्वरो, खोकीसँगै श्वासप्रश्वासमा कठिनाइ भएपछि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा भर्ना गरिएको थियो।

भदौ २८ गते पीसीआर जाँच गर्दा कोरोना पोजिटिभ देखिएएपछि उनलार्य प्रतिष्ठानको कोभिड अस्पतालमा रिफर गरिएको थियो ।

योसँगै सप्तरीमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ९ पुगेको छ ।

विशेष