कांग्रेस महामन्त्री कोइराला अस्पताल भर्ना
नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइराला अस्पताल भर्ना भएका छन् ।
कोरोना संक्रमण पुष्टि भएपछि होम आइसोलसनमा बसेका उनलाई निमोनियाको शंका लागेपछि मंगलबार साँझ चाबहिलस्थित ओम् अस्पताल भर्ना भएका हुन् ।
उनलाई माइल्ड खालको निमोनिया र ज्वरो देखिएको अस्पताले जनाएको छ ।
कोइरालालाई गत भदौ २३ गते कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो ।