News

मरिसकेका ब्यक्तिको कोरोना परिक्षण नहुने

मरिसकेका ब्यक्तिको कोरोना परिक्षण नहुने

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मृत्यु भइसकेका व्यक्तिहरुको कोरोना परीक्षण नगर्ने निर्णय गरेको छ ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले मृत्यु भईसकेपछि कोरोना परिक्षण नगर्ने निर्णय भएको जानकारी दिए ।

मन्त्रालयको इन्सिडेन्ट कमाण्ड सिस्टमको बैठकले यस्तो निर्णय गरेको उनले जानकारी दिए । मन्त्रालयले सोहि अनुसार निर्देशन पनि दिएको गौतमको भनाई छ । उनले शव व्यवस्थापन गर्दा सावधानी अपनाउनुे र शव ब्यवस्थापन सहित सम्पर्कमा रहेका ब्यक्तिले १४ दिन क्वारेन्टिनमा बस्नुपर्ने वताए ।

कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिए यसअघि सवैको कोरोना परिक्षण गर्ने गरिएको थियो । 

विशेष