News

पेट्रोलियम पदार्थमा मिसावट गर्ने ट्यांकरका दुई चालक पक्राउ

पेट्रोलियम पदार्थमा मिसावट गर्ने ट्यांकरका दुई चालक पक्राउ

नेपाल आयल निगमको अमलेखगञ्ज डिपोमा ल्याउँदै गरेको पेट्रिलियम पदार्थमा मिसावट गर्ने दुई जना ट्यांकर चालकलाई वारा प्रहरीले पक्राउ गरेको छ ।

ना ७ ख ३९२३ का चालक बाराको जितपुरसिमरा उपमहानगरपालिका– २१ बस्ने २६ वर्षिय राजेश विश्कर्मा र र ना ७ ख ४०९३ नं. को ट्यांकका चालक मकवानपुरको हेटौडा नगरपालिकाि –११ नवलपुर बस्ने २९ वर्षिय सन्तोष खड्कालाई प्रहरीले पक्राउ गरेको हो ।

उनीहरुले पेट्रोलको ट्यांकरमा मिसावट गरेको पाईएकाले पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय वाराले जनाएको छ । नेपाल आयाल निगमको २ नं. प्रादेशिक कार्यालय अमलेखगञ्जमा पेट्रोलियम पदार्थ खालि गर्ने क्रममा गुणस्तर चेकजाँच गर्दा मिसावट पुष्टि भएको प्रहरीले जनाएको छ ।

उनीहरुलाई कालो बजार तथा अन्य सामाजिक अपराध ऐन २०३२ अन्तर्गत जिल्ला प्रशासन कार्यालय बाराबाट १० दिनको म्याद थप गरी थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय वाराले जानकारी दिएको छ ।

विशेष