News

प्लाज्मा थेरापी गरिएकी कोरोना संक्रमित महिलाको मृत्यु

प्लाज्मा थेरापी गरिएकी कोरोना संक्रमित महिलाको मृत्यु

कैलालीमा प्लाज्मा थेरापी गरिएकी कोरोना संक्रमित महिलाको मृत्यु भएको छ ।

धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचारको क्रममा ५७ वर्षीया कोरोना संक्रमित महिलाको मृत्यु भएको अस्पतालले जनाएको छ। अस्पतालले पहिलो पटक उनलाई प्लाज्मा थेरापी विधिवाट उपचार गरेको थियो । 

अस्पतालका अनुसार महिलालाई भदौ १७ गते कोरोना संक्रमण पुष्टि भएको थियो । सास फेर्न गाह्रो भएपनि १० दिनअघि अस्पतालमा भर्ना गरिएकी महिलाको उपचारकै क्रममा मृत्युभ एको हो ।

उनी सुगर र थाइराईडको विरामी रहेको पाईएको छ ।

विशेष