News

प्रहरीमा उजुरी नगर्न दवाव दिएपछि सामुहिक वलात्कार पीडित किशोरीद्वारा आत्महत्या

प्रहरीमा उजुरी नगर्न दवाव दिएपछि सामुहिक वलात्कार पीडित किशोरीद्वारा आत्महत्या

सामूहिक बलात्कारमा पर्दा समेत गाउँलेले प्रहरीमा उजुरी गर्न नदिएपछि सप्तरीमा एक किशोरीले आत्महत्या गरेकी छिन् ।
डाकनेश्वरी नगरपालिका–७ की १७ वर्षिया खुसी (नाम परिवर्तन) ले मंगलवार आत्महत्या गरेकी हुन् ।

गाउँमा बसेको ‘पञ्चायती (वैठक) ले उनलाई प्रहरीमा उजुरी गर्न रोक लगाएको थियो । सोहि आरोपमा प्रहरीले गाउँका ४ जना पञ्चलाई पक्राउ गरिएको जनाएको छ ।

जयकान्त मण्डल, वासुदेव मण्डल, सत्यनारायण मण्डलसहित ४ जनालार्य पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका इन्स्पेक्टर सन्तोष खड्काले जानकारी दिए । उनीहरुले गत सोमवार किशोरी बलात्कृत भएपछि पीडित र परिवारलाई प्रहरीसम्म जान रोकेको र पिडकहरुलाई ५५ हजार रुपैयाँ तिराउने निर्णय सुनाएका थिए ।

पञ्चको ‘फैसलामा चित्त नवुझेर पीडितले आवेशमा आई आत्महत्या गरेको प्रारम्भिक अनुसन्धानवाट खुलेको छ । वालिकाको शव पोष्टमार्टमकालागि धरान पठाईएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

घटनापछि आरोपीहरु १८ वर्षीय रञ्जित मण्डल, १९ वर्षीय बब्लु मण्डल, ३० वर्षीय धर्म मण्डल, ३५ वर्षीय विष्णु मण्डल भने फरार रहेको प्रहरीले जनाएको छ ।

विशेष