कुलमानको नियुक्तिका लागि प्रधानमन्त्रीसँग संघर्ष गर्दै ऊर्जामन्त्री ! (प्रमाणसहित)
नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई पुनर्नियुक्ति गर्ने विषयमा प्रधानमन्त्री केपी ओली र उर्जामन्त्री वर्षमान पुन विच संघर्ष चलिरहेको खुलेको छ ।
मन्त्री पुनले नै आफना विश्वास पात्र मार्फत यो वास्तविक्ता चुहाएका हुन् । पुनले प्रधानमन्त्री केपी ओलीको इगो स्वभावका वारेमा ति विस्वास पात्रलाई सुनाए । उनकै इगोका कारण घिसिङको पुनर्नियुक्तिमा कठीनाइ भैरहेको मन्त्री पुनको भनाइ थियो ।
पुनले आफूले ओलीसँग संघर्ष जारी राखेको र घिसिङ्गको पुनर्नियुक्ति हुनेमा बिश्वस्त रहेको जनाएका थिए ।
बर्दियाका नेकपा नेता तथा पुनका बिश्वाशप्राप्त पात्र दुर्गा थारुसहितको टोलीसँग पुनले घिसिङ नियुक्तिका बारेको कठीनाइ सुनाएका हुन । बारबर्दिया नगरपालिकाका मेयरसमेत रहेका थारुले सो बारे जानकारीसहितको फोटो विहिवार करिव सभा ७ वजे आफनो फेसवुकमा राखेका छन ।
चौतर्फि दबाबमा परेका मन्त्री पुनले नेपाल बिद्युत प्राधिकरणको कार्यकारी प्रमुख नियुक्तिमा आफूले चलखेल नगरेको प्रष्ट पार्ने प्रयास गरिरहेका छन । समकालीन नेता जनार्दन शर्माले कुलमान कै कारण हाईहाई कमाएको र उनले निरन्तरता नपाएमा पुनको छबि धुमिल हुने सुझाव निकटजनले पुनलाई दिने गरेका छन ।
थारुले विहिवार नै घिसिङ्गसँग भेटघाट गरेको फोटो समेत फेसवुकमा राखेका छन् ।