प्रदेश १ मा थप १ सय ७१ जनालाई कोरोना पुष्टि
प्रदेश नं १ मा पछिल्लो २४ घण्टामा १७१ जना कोरोना सङ्क्रमित थपिएका छन् ।
ती मध्ये ५० जना महिला र १२१ जना पुरुष रहेका छन् । मोरङमा ९२, सुनसरीमा ६३, झापामा ११, खोटाङ र धनकुटामा एक ÷एक र प्रदेश बाहिरका तीन जना रहेका सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
यसैगरी विराटनगरमा सो अवधिमा ६५ जनामा सङ्क्रमण पुष्टि भएको छ । ती मध्ये १५ जना महिला र ५० जना पुरुष छन् । यसप्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या पाँच हजार २७१ पुगेको छ ।
विहिवार ४३ जना सहित दुई हजार २३९ जना कोरोनाबाट मुक्त भइ घर फर्किसकेका मन्त्रालयले जनाएको छ । हालसम्ममा एक लाख १३ हजार २२० जनाको पिसीआर परीक्षण भइसकेको मन्त्रालयले जनाएको छ ।