सुदुरपश्चिम प्रदेशमा मृतकको सङ्ख्या १२ पुग्यो
सुदूरपश्चिम प्रदेशमा पछिल्ला दिनमा कोभिड—१९का सक्रिय सङ्क्रमित बिरामीको सङ्ख्या बढ्दै गएको छ ।
गत भदौ ३० गतेसम्म ६ सय ९८ जना सक्रिय सङ्क्रमित रहेकोमा दुई दिनमा १ स ४ जना थपिएर कूल सक्रिय सङ्क्रमित ८ सय २ जना पुगेका छन् ।
कोभिड—१९ बाट प्रदेशमा सबै भन्दा बढी प्रभावित जिल्ला कैलालीमा सक्रिय सङ्क्रमित ४२४ जना पुगेका छन् ।
सामाजिक विकास मन्त्रालयका अनुसार कोरोना भाइरसको सङ्क्रमण भइ सेती प्रादेशिक अस्पतालको भेन्टिलेटरमा उपचाररत धनगढी उपमाहानगरपालिका—५का ५७ बर्षीया महिलाको बुधबार साँझ मृत्यु भएको छ । यो सँगै प्रदेशमा कोरोना सङ्क्रमणवाट मृत्यु हुनेको सङ्ख्या १२ पुगेको छ ।
पछिल्लो २४ घण्टामा प्रदेशका कैलाली, अछाम, डोटी र कञ्चनपुर जिल्लाका गरी थप ६१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । यो सँगै कूल सङ्क्रमित छ हजार ५ सय २८जना पुगेका छन् ।
कोरोना निको भई आजसम्म पाँच हजार ७१४ जना डिस्चार्ज भएका छन् । यसै बीच बैतडी जिल्ला अस्पतालमा आजवाट पिसीआरबाट कोरोना सङ्क्रमितका शङ्कास्पदको नमूना परीक्षण गर्ने प्रयोशाला सञ्चालन भएको छ । प्रदेशका सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीले प्रयोगशालाको शुभारम्भ गरेका थिए।