अस्थायी कोभिड अस्पताल निर्माणका लागि ६ सय ४९ स्थानीय तहमा १०/१० लाख
सरकारले मुलुकका ६ सय ४९ स्थानीय तहमा अस्थायी कोभिड अस्पताल निर्माणका लागि रकम छुट्याएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय मार्फत स्थानीय तहमा अस्थायी कोभिड अस्पताल सञ्चालनका लागि १० लाख रुपैयाँ बजेट उप्लब्ध गराउने निर्णय भएको छ ।
स्थानीय तहमा कोभिड १९ अस्थायी अस्पताल सञ्चालनसम्बन्धी मार्गदर्शन २०७७ जारी गर्दै मन्त्रालयले स्थानीय तहलाई बजेट उपलब्ध गराउने भएको हो ।
आइभि स्ट्यान्ड बेडका लागि ५ लाख, औषधिका लागि ५० हजार र एक चिकित्सक, दुई जना स्टाफ नर्स र एक जना असिस्टेन्ट करारमा नियुक्त गर्न ४ लाख ५० हजार छुट्याएको जनाईएको छ ।
बजेट अपुग भए स्थानीय तह आफैले व्यवस्थापन गर्नु पर्ने गरी मार्गदर्शन जारी भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
स्वास्थ्यकर्मी करारमा लिनु नपर्ने भए स्थानीय तहको कार्यपालिकाको निर्णय अनुसार अस्पतालका लागि आवश्यक औजार÷उपकरण खरिद गर्न बजेट खर्च गर्न सकिने जनाईएको छ ।