कोरोनाको वहानामा वन्द भएका मन्दिर सरकारले नखोले शिव सैनिकले खोल्छः शिव सेना नेपाल
शिव सेना नेपालले कोरोनाका कारण वन्द रहेका देशभरका मन्दिरहरु खुला गर्न सरकारसँग माग गरेको छ । सरकारले मन्दिर लगायत धार्मिक आस्थाका केन्द्रहरु खुला नगरे शिव सैनिकले खुला गराउने शिव सेना नेपालले चेतावनी समेत दिएको छ।
अध्यक्ष अनिल बस्नेतले जारी गरेको विज्ञप्तिमा मन्दिहरु खुलाएर शान्तिपूर्वक पुजाआरधनाको व्यवस्था मिलाउन माग गरिएको छ । विज्ञप्तिमा सरकार भ्रष्टाचार र बेथितिमा रमाएको आरोप लगाउँदै महामारिका वेला पनि कुनै काम नगरेको उल्लेख छ ।
महामारीमा पीडित सर्वसाधारणलाई राहत समेत दिन नसकेको सरकार भ्रष्टाचारीका अगाडि लाचार भएको विज्ञप्तिमा आरोप छ ।
सरकारले यातायात र ब्यवसाय सहित अन्य सवै क्षेत्र सञ्चालनको अनुमति दिएपनि धार्मिक आस्था र शान्ति खोज्ने ठाउँलाई सञ्चालनको अनुमति नदिएकोले तत्काल त्यसको ब्यवस्था मिलाउन माग गरिएको छ । ‘अन्यथा आम नागरिकको चाहाना अनुसार शिव सेना नेपालका शिव सैनिकले जबरजस्ती खुलाउने छ ।’
अन्य क्षेत्र खोल्ने तर हिन्दू धार्मिक केन्द्रलाई खोल्न अनुमति नदिनुले सनातन धर्मविरोधीको प्रायोजित रणनीति हुनेतर्फ पिज्ञप्तिमा शंका ब्यक्त गरिएको छ ।