News

कोशी अस्पतालमा एक कोरोना संक्रमितको मृत्यु

कोशी अस्पतालमा एक कोरोना संक्रमितको मृत्यु

कोसी अस्पतालमा उपचारको क्रममा विराटनगर–६ का ६६ वर्षीय पुरुषको वुधवार राती मृत्यु भएको छ ।

ज्वरो, खोकी र श्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई बुधबार राति साढे ११ बजे अस्पताल भर्ना गरिएको थियो । त्यसको एक घण्टापछि नै उनको मृत्यु भएको कोसी अस्पतालले जनाएको छ । मृत्युपछि उनको स्वाब संकलन गरी पीसीआर परीक्षण गरिएको थियो । उनको रिपोर्ट पोजेटिभ आएको छ ।

यो सँगै विराटनगरमा कोरोनाका कारण मृत्यु हुनेको संख्या २० पुगेको छ ।

विशेष