नेपालमा हालसम्मकै सवैभन्दा वढि कोरोना संक्रमित फेला, एकै दिन २ हजार २० जनालाई संक्रमण पुष्टि
नेपालमा हालसम्मकै सवैभन्दा वढि कोरोना संक्रमित फेला परेका छन् ।
२४ घन्टामा थप २ हजार २० जनालाई कारोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
योसँगै मुलुकमा कोरोनाका संक्रमितको संख्या ६१ हजार ५ सय ९३ पुगेको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।
पछिल्लो २४ घन्टामा कोरोना संक्रमण भएका थप ७ जनाको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोना संक्रमण भएका मृतकको संख्या ३ सय ९० पुगेको छ ।
यस्तै पछिल्लो २४ घन्टामा देशभरीका विभिन्न स्थानवाट ८ सय ७१ जना कोरोना मुक्त भएका छन्। हालसम्म ४३ हजार ८ सय २० जना कोरोना संक्रमित निको भएको गौतमको भनाई छ ।
२४ घण्टामा ११ हजार ४५८ जनाको पीसीआर परीक्षण गरिएको थियो भने हालसम्म ८ लाख ९४ हजार ३७३ जनाको पिसिआर परीक्षण भएको मन्त्रालयले जनाएको छ ।
देशभर १७ हजार ३८३ जना सक्रिय संक्रमित रहेको गौतमको भनाई छ । ति मध्ये ९ हजार २९५ जना संस्थागत आइसोलेसनमा ८ हजार ८८ जना र होम आइसोलेसनमा छन् । उनीहरु मध्ये १७३ जनाको आईसीयूमा र ३६ जनाको भेन्टिलेटरमा उपचार भईरहेको छ ।
मोरङ, सुनसरी, सिरहा, ललितपुर, मकवानपुर, चितवन, काठमाडौं, भक्तपुर र रुपन्देहीमा संक्रिय संक्रमितको संख्या ५ सय भन्दा वढि छ । सोलुखुम्बु, मुस्ताङ, डोल्पा, रसुवा, हुम्ला र मुगुमा हाल सक्रिय संक्रमित छैनन्।