संविधान दिवसमा २ सय ८९ कैदिको सजाय मिनाह गर्ने सरकारको तयारी
संविधान दिवसको अवसर पारेर सरकारले मुलुकभरका २ सय ८९ जना कैदीको सजाय मिनाहा गर्न लागेको छ । देशभरका कारागारमा रहेकामध्ये ५० प्रतिशत सजाय भुक्तान गरिसकेका, असल चालचलन भएका र नेगेटिभ अपराधको सूचीमा नपरेका २ सय ८९ जना कैदीको बाँकी सजाय मिनाहा गर्न सरकारले राष्ट्रपति समक्ष सिफारिस गरेको छ ।
हरेक वर्ष संविधान दिवस, प्रजातन्त्र दिवस, गणतन्त्र दिवस अवसर पारेर मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिबाट कैदीलाई सजाय मिनाहा गर्न सकिने प्रावधान छ । मुलकमा यस वर्षको संविधान दिवस शनिवार मनाईदैछ।
जनता समाजवादी पार्टीले पटक पटक सरकारलाई आग्रह गरेपनि राष्ट्रपति कार्यालयमा पठाईएको सिफारीसमा कैलाली क्षेत्र नम्बर १ बाट प्रत्यक्ष निर्वाचित सांसद रेशम चौधरीको नाम भने समावेश भएको छैन । उनी हत्या र आगजनीको कसुरमा अदालतबाट दोषी ठहर भई डिल्लीबजार कारागारमा कैद भुक्तान गरिरहेका छन् ।