घिसिङ प्रकरणमा प्रधानमन्त्रीको प्रश्नः ‘कुलेलाई नै किन ?’
चार वर्षे कार्यकाल पुरा गरेर भदौ २९ गते विदा भएका कुलमान घिसिङ नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा दोहोरीने सम्भावना अझै जिवितै छ। उर्जा मन्त्रीसहित उनको सचिवालयले सार्वजनिक गर्ने वेला वखतका धारणले पनि सम्भावनालाई मर्न दिएको छैन ।
मन्त्री परिषदले अर्को कार्यकारी निर्देशक नियुक्त नगरेको, उनी स्वयम्ले एक कार्यकाल काम गर्ने इच्छा राखेको र उनको पक्षमा लविङ्ग गर्ने र जनदवाव श्रृजना गर्ने सवै कार्य निरन्तर जारी रहेकाले पनि उनको सम्भावनालाई जिवितै राखेको छ ।
तर, प्रधामन्त्री केपी ओली र उनका निकटस्थहरु मार्फत वाहिर आईरहेका धारणाले भने घिसिङ दोहोरिने सम्भावना न्यून छ। प्रधानमन्त्रीका पछिल्ला अभिब्यक्ति पनि घिसिङका लागि सकारात्मक छैनन्। । उनले प्राधिकरणको कुरा आउँदा ‘कुलेलाई नै किन ?’ भन्दै प्रश्न गर्ने गरेका छन् । निकटस्थहरुसँगको कुराकानीका आधारमा प्रधानमन्त्रीको धारणा अहिले पनि घिसिङ प्रति सकारात्म नरहेको अनुमान गर्न सकिन्छ ।
ओलीले घिसिङलाई प्रचण्डको मान्छे भनेर वुझ्ने गरेका कारण पनि उनको धारणामा परिवर्तन नदेखिएको वताईन्छ।
त्यसमाथि मुलुकलाई लोडसेडिङ्ग मुक्त वनाउने अभियानको सम्पुर्ण जस आफैले लिएर सरकारलाई पंगु वनाएको दोस पनि घिसिङ माथि छ ।
अर्कोतर्फ ‘घिसिङलाई पुनर्नियुक्ति गर्ने विषयमा प्रधानमन्त्रीसँग संघर्ष चलिरहेको’ भन्दै सार्वजनिक भएको उर्जामन्त्री वर्षमान पुनको अभिब्यक्तिले पनि प्रधानमन्त्रीको धारणा सहजै अनुमान लगाउन सकिन्छ ।
मन्त्री पुनले आफना विश्वास पात्र मार्फत प्रधानमन्त्री केपी ओलीको इगोका कारण घिसिङको पुनर्नियुक्तिमा कठीनाइ भैरहेको वताएका छन् ।