गृहमन्त्रीको राजीनामा माग्दै जनकपुरमा प्रदर्शन
काठमाडाैँ । पुजारी स्व. श्रीराम साह हत्याकाण्ड’मा प्रहरीले जारी गरेको अनुसन्धान प्रतिवेदनप्रति असन्तुष्टि जनाउँदै राष्ट्रिय एकता अभियानले जनकपुरमा प्रदर्शन गरेकाे छ । प्रदेश २को प्रदेश प्रहरी कार्यालयले ‘पुजारीको हत्या लेनदेनको कारण भएको’ भन्दै सार्वजनिक गरेको लिखित प्रतिवेदन घोर आपत्तिजनक र निन्दनीय रहेकाे भन्दै अभियानले गृहमन्त्री रामबहादुर थापा बादलको राजिनामा माग गरेको हाे । राष्ट्रीय एकता अभियानका स्थानीय अभियन्ता मिथुन साहकाे नेतृत्व प्रदर्शन भएकाे हाे। त्यस्तै हिन्दू युवा परिषद का संस्थापक तथा अभियान का वरिष्ठ सहयोगी सत्यम मुरारीले मन्तब्य राखेका थिए
अभियानका केन्द्रीय संयाेजक विनय यादवले भने ,’प्रहरीको प्रतिवेदन घटनाको वास्तविकतालाई ढाकछोप गर्ने उदेश्यले अभिप्रेरित मात्र नभई सम्पुर्ण साधुसन्त समाजमाथिको पनि प्रहार हो । आफ्नो निजी सम्पती बेचेर मठ मन्दिर बनाउने सन्त श्री राम साहले कुनै पनि आर्थिक लेनदेन नगरेको उनको परिबारका सदस्यहरू एबम उनको हत्याको आरोपमा पक्राउ गरिएका दुईजना आरोपीहरूका परिवारले समेत प्रस्ट पारिसकेको अवस्थामा प्रहरीले त्यसखाले प्रतिबेदन जारी गर्नु सन्त स्व. श्री राम साहमाथी मात्र नभई सम्पुर्ण हिन्दू समाजको आस्थामाथीको प्रहार हो ।’
अभियानका कार्यकर्ताहरूले कसकाे दवावमा झुठो प्रतिबेदन बनाइयाे, गृहमन्त्री जवाफ देउ, प्रहरी प्रतिबेदन खारेज गर, हत्यारा लुकाउने प्रयास किन ?,सन्त श्रीराम साहको हत्याको छानबिन गर्न बिशेष समिती बनाउ, साधुसन्तमाथीको हमला बन्द गर, हिन्दु समाज एक हौ, गृहमन्त्री राजीनामा देउ, हिन्दुबिरोधि कम्युनिस्ट सरकार मुर्दावाद र सन्तको चरित्र हत्या गर्ने प्रहरीलाई कार्वाही गर भन्दै सरकारविरूद्द नाराबाजी लगाएका थिए।