News विदेश

हङकङमा नियन्त्रणमा लिइएका १२ जना पृथकतावादी भएको चीनको घोषणा 

हङकङमा नियन्त्रणमा लिइएका १२ जना पृथकतावादी भएको चीनको घोषणा 

बेइजिङ । हङकङमा पक्राउ परेका १२ अधिकारीलाई पक्राउ गरेपछि संयुक्त राज्य अमेरिकाले निन्दा गरेपछि चीनले अस्वीकार गरेको थियो । तर, हाल चीनले नियन्त्रणमा लिइएका १२ जनालाई पृथकतावादी घोषणा गरेको छ । साउथ चाइना मोर्निंग पोस्टका अनुसार बेइजिङको विदेश मन्त्रालयले घोषणा गरेको छ कि गत वर्षको सरकारविरोधी प्रदर्शनमा संलग्‍न फरार  युवाहरुलाई अलगावादी र पृथकतावादीको संज्ञा दिइएको छ । 

“तिनीहरू कानुन बमोजिम आपराधिक हिरासतको अनिवार्य मापदण्डको अधीनमा छन् । मुद्दाको अनुसन्धान भइरहेको छ । सार्वजनिक सुरक्षा अधिकारीहरूले कानून बमोजिम संदिग्ध व्यक्तिको वैध अधिकारको रक्षा गर्नेछन्,” शेन्जेन सार्वजनिक सुरक्षा ब्यूरोको कार्यालयले जारी गरेको विज्ञप्तिमा भनिएको थियो । नियन्त्रणमा लिइएकामध्ये ११ जना पुरुष र १ महिला रहेका छन् । उनीहरुको उमेर १६ देखि ३३ वर्षसम्मका रहेका छन् । 

यद्यपि परिवारका सदस्यहरूले भनेका छन् कि उनीहरूलाई वकिलहरुले भेट्‍न पनि पाएका छैनन् । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता हुआ चियाङले एक ट्वीटमार्फत हङकङलाई उनीहरुले अलग गर्न प्रयास गरेको बताएका थिए । 

परिवारका सदस्यहरूले गरेका दाबीको प्रतिक्रियामा अमेरिकी विदेशमन्त्री माइक पोम्पिओले सेप्टेम्बर ११ मा भनेका थिए, “संयुक्त राज्य अमेरिका गहिरो चिन्तित छ कि १२ हङकङका प्रजातन्त्रिक आन्दोलनलाई दुई हप्ताअघि हङकङको समुद्री किनारमा ग्वांगडोंङ समुद्री प्रहरीले पक्राउ गरेको थियो । उनीहरूलाई मनपर्ने वकिलहरूको पहुँच अस्वीकार गरिएको छ ।"
 

विशेष