News

सामुहिक वलात्कारपछि किशोरीद्वारा आत्महत्या प्रकरणका मुख्य दुई आरोपी पक्राउ

सामुहिक वलात्कारपछि किशोरीद्वारा आत्महत्या प्रकरणका मुख्य दुई आरोपी पक्राउ

सप्तरीमा सामुहिक वालात्कारमा परेकी एक किशोरीले आत्महत्या गरेको प्रकरणका मुख्य दुई आरोपीलाई प्रहरीले पक्राउ गरेको छ ।

डाकनेश्वरी नगरपालिका–७ की १७ वर्षिया किशोरीलाई बलात्कार गरेको आरोपमा उनीहरु पक्राउ परेका हुन् । भदौ २९ गते भएको वलात्कार घट्नापछि किशोरीले आत्महत्या गरेकी थिईन।

वलानविहुल गाउँपालिका ४ स्थित वेल्ही भन्ने स्थानवाट डाकनेश्वरी ७ का १८ वर्षीय सुमन कुमार मण्डल (बब्लु) र रन्जित मण्डललाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी तिलक भारतीले जानकारी दिए । इलाका प्रहरी कार्यालय कल्याणपुरको टोलीले उनीहरुलाई वाटोमा हिडिरहेको अवस्थामा वुधवार राती करिव ९ वजे पक्राउ गरेको हो ।

उनीहरुलाई इलाका प्रहरी कार्यालय कल्याणपुको हिरासतमा राखिएको छ । सामुहिक वलात्कारमा संलग्न ३० वर्षीय धर्म मण्डल र ३५ वर्षीय विष्णु मण्डल अझै पनि फरार रहेकाले खोजी भईरहेको प्रहरीले जनाएको छ ।

पक्राउ परेकाहरुलाई शुक्रवारै जिल्ला अदालत राजविराजवाट म्याद थप गरी थप अनुशन्धान गरीने डिएसपी भारतीले वताए । उनीहरुलाई वलात्कार र आत्महत्या दुरुत्साहनको मुद्दा चलाईने इलाका प्रहरी कार्यालय कल्याणपुरका इन्स्पेक्टर धर्मराज मुडभरीले जानकारी दिए ।

सो प्रकरणमा प्रहरीले यसअघि पनि तीन जनालाई पक्राउ गरेको थियो । धानखेतमा गएकी किशोरी सामुहिक वलात्करमा परेपछि उक्त घटना लुकाउन भुमिका खेलेको आरोपमा स्थानीय जयकान्त मण्डल, वासुदेव मण्डल र सत्यनारायण मण्डललाई यसअघि नै पक्राउ गरिएको डिएसपी भारतीको भनाई छ ।

वलात्कारको घट्नापछि गाउँमा वसेको पञ्चायतीले पीडित र उनको परिवारलाई प्रहरीमा नजान र नगद लिएर मिलापत्र गर्न दवाव दिएको थियो । पञ्चायतको निर्णयपछि नै किशोरीले आत्महत्या गरेकी थिईन । सोहि प्रकणमा पक्राउ परेका तीन जनालाई आत्महत्या दुरुत्साहनको मुद्दा चलाईने इन्स्पेक्टर मुडभरीको भनाई छ ।

विशेष