स्वास्थ्यकर्मी र प्रहरीसहित १८ जनालाई कोरोना संक्रमण पुष्टि
सप्तरीमा शनिवार स्वास्थ्यकर्मी, प्रहरी र एक कर्मचारीसहित १८ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ ।
डाकनेश्वरी नगरपालकाको स्वास्थ्य शाखाका ४२ वर्षिय अधिकृत, विद्युत प्राधिकरण राजविराज वितरण केन्द्रका ३६ पुरुष र जिल्ला प्रहरी कार्यालय सप्तरीमा कार्यरत ३७ वर्षिय प्रहरी हवल्दारलाई कोरोना पुष्टि भएको छ ।
यसैगरी, विष्णुपुर गाउँपालिकामा ११ जना पुरुष र राजविराज नगरपालिमा १ महिलासहित ४ जनाको रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य कार्यालय सप्तरीका निमित्त प्रमुख दुनियाँलाल यादवले जानकारी दिए ।
योसहित सप्तरीमा कोरोना संक्रमितको संख्या ११ सय ७७ पुगेको छ । हालसम्म ७७३ जना निको भएका छन् भने ९ जना संक्रमितको मृत्यु भएको छ ।
जिल्लामा ३९५ जना सक्रिय संक्रमित रहेको निमित्त प्रमुख यादवले जानकारी दिए ।