News राजनीति

संविधान दिवसः सप्तरीमा संविधान विरोधी प्रदर्शन, कार्यक्रममै झडप

संविधान दिवसः सप्तरीमा संविधान विरोधी प्रदर्शन, कार्यक्रममै झडप

सरकारले शनिवार संविधान दिवस मनाई जनता समाजवादी पार्टी र थरुहट थारुवान राष्ट्रिय मोर्चा मिलेर सप्तरीमा भने संविधान विरोधी प्रदर्शन गरेका छन् ।

सदरमुकाम राजविराज तथा खडक नगरपालिकामा विरोध प्रदर्शन गरिएको हो ।

विरोध प्रदर्शनपछिको कोणसभामा बोल्दै बक्ताहरुले संशोधन नभएसम्म संविधान स्वीकार्य नहुने बताए । संबिधानका बिभेदकारी धारा खारेज गर्नु पर्ने उनीहरुको माग छ । विभिन्न समयमा भएका आन्दोलनको बलमा सरकारसंग भएका सम्झौताका आधारमा संबिधान संशोधन गर्न उनीहरुले माग गरे ।

यसैगरी, जेल जिवन विताईरहेका प्रतिनिधि सभा सदस्यमा जितेको रेशम चौधरीलाई बिनासर्त रिहाई गर्न पनि उनीहरुले माग गरे । 


कार्यक्रममै झडप
यसैविच राजविराजमा आयोजित विरोध सभामा आसन ग्रहणको विषयलाई लिएर विवाद हुँदा झडप भएको छ ।

तत्कालीन राजपाका जिल्ला अध्यक्ष हरेराम यादवलाई कार्यक्रमको अध्यक्ष तथा पार्टीका केन्द्रीय सदस्य अनिरुद्रप्रसाद सिंह यादवलाई प्रमुख अतिथी वनाईएको थियो । यसैगरी, प्रदेश सासंद अभिषेक यादब र नेत्रविक्रम साह तथा तत्कालीन समाजवादी पार्टीका जिल्ला अध्यक्ष केदार यादवलाई आसन ग्रहण गराइयो । 

यसैविचमा कार्यकर्ताहरु मञ्च अगाडी विरोध र केहिले कार्यक्रम सञ्चालकलाई मञ्चवाट हुत्याएर निकालेका थिए । पार्टीका अन्य केन्द्रीय सदस्यहरु, जनप्रतिनिधी समेतलाई आसन ग्रहण नगराएकोले असन्तुष्टि ब्यक्त गरिएको उनीहरुले जनाएका छन्।

जसपाका प्रदेश सचिव दिनेश यादवले भने सवैसँग राम्रो समन्वय नभएकाले त्यस्तो घट्ना भएको स्विकारे। ‘समय अभावका कारण एक/दुई जनालाई आसन ग्रहण गराएर वक्ताहरु वोलाउने अनि आसन ग्रहणलाई निरन्तरता दिदै जाने सल्लाह थियो’ उनले भने–‘तर, त्यो कुरा सवैलाई जानकारी नभएर एक पटक होहल्ला भयो। त्यसपछि हामीले चाँडै कार्यक्रम सक्नेमा ध्यान केन्द्रित गर्यौ।’ 
 

विशेष