News अपराध सुरक्षा

भ्रस्टाचार हेरेर वस्ने अख्तियारका पूर्वप्रमुखलाई सरकारको तक्मा

भ्रस्टाचार हेरेर वस्ने अख्तियारका पूर्वप्रमुखलाई सरकारको तक्मा

सरकारले संविधान दिवसको अवसरमा विभिन्न मानपदवी वितरण गरेको छ। डा. सन्दुक रुइतले सुप्रसिद्ध जनसेवाश्री (प्रथम) प्राप्त गरेका छन् ।

पाँच सय ९४ जनालाई वितरण गरिएको मानपदवी र विभुषण मध्ये अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त नवीन घिमिरेपनि छन् । उनीसहित सर्वोच्चका न्यायाधीश दीपक कार्की, प्रधानसेनापति पूर्णचन्द्र थापा र सशस्त्र प्रहरी बलका महानिरीक्षक शैलेन्द्र खनाललाई सुप्रसिद्ध जनसेवाश्री (दोस्रो) प्रदान गरिएको छ ।

घिमिरेले जनसेवाश्री पदक पाएपछि सरकारले गतल मान्छेलाई मान पदवी वितरण गरेको भन्दै आलोचना सुरु भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्त रहँदा भ्रष्टार छानविन नगरेकैले उनलाई पदक दिईएको भन्दै आलोचना भईरहेको छ ।

२०७५ असोज २ गते अख्तियार प्रमुखको जिम्मेवारीमा आएका घिमिरेल नवीन घिमिरेले २ वर्षको कार्यकालमा हजार घुस लिनेमाथि स्टिङ अप्रेसन चलाउने तर अर्बौं घुसको डिल गर्नेलाई छुँदै नछोएको भन्दै आलोचना हुने गरेको छ । तत्कालीन सञ्चारमन्त्री गोकुल बाँस्कोटा र ललिता निवास जग्गाकाण्ड प्रकरणमा घिमिरेले अपजस खेप्नु परेको छ ।

रेल्वेको ठेक्का, वाइडबडीको भ्रष्टाचार, नेपाल आयल निगमको जग्गा खरिद गर्दा एक अर्ब ३० करोडको भ्रष्टाचार काण्डलगायत सबैलाई घिमिरेले तामेलीमा राखेर ओली सरकारलाई चोख्याएका छन् ।

यस्ता धेरै प्रकरणमा अख्तियारले आफनो उपस्थिती जनाउन नसक्नुको दोस घिमिरेलाई नै जान्छ । घिमिरेले कार्यकारी र उच्च राजनीतिक व्यक्तिमाथि मुद्दा चलाउन नखोजेकै कारण उनलाई सरकारले पदक प्रदान गरेको आरोप लाग्ने गरेको छ ।

यस वाहेक यो वर्ष नेपालरत्न, राष्ट्रगौरव तथा राष्ट्रदीप जस्ता उच्च विभूषण कसैलाई दिइएन । 
 

विशेष