News

२४ घन्टामा थप १३ सय २५ जनालाई कोरोना संक्रमण पुष्टि

२४ घन्टामा थप १३ सय २५ जनालाई कोरोना संक्रमण पुष्टि

पछिल्लो २४ घन्टामा नेपालमा थप १३ सय २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङका क्रममा आइतबार प्रवक्ता डा जागेश्वर गौतमले दिएको जानकारी अनुसार काठमाडौंका ६०२, भक्तपुरका १०१ र ललितपुरका ६४, रुपन्देहीका ११३ जना, मोरङका ६३, रौतहटका ३६, बाँकेका ३२, कास्कीका ३०, सुर्खेतका २९, मकवानपुरका २४, धादिङका २१, बझाङका १९, सिराहा र लमजुङका १८/१८ जना संक्रमित थपिएका छन् ।

यसैगरी, चितवनका १५, पर्साका १४, कपिलवस्तु, नवलपरासी, पाल्पा र कैलालीका १२/१२, प्युठान ११, सर्लाही र अछामका १०/१०, सुनसरीका ७, गुल्मी र बर्दियाका ६/६, सप्तरीका ५, दोलखाका ४, झापा, सिन्धुपाल्चोक र दाङका ३/३, पाँचथर, धनुषा, काभ्रे र गोरखाका २/२ तथा उदयपुर, तेह्रथुम, भोजपुर, बारा, नुवाकोट, सिन्धुली, तनहुँ, बाग्लुङ, स्याङ्जा, अर्घाखाँची, रोल्पा र कालीकोटका १/१ जनामा संक्रमण पुष्टि भएको छ ।

आईतवार थपिएका सहित नेपालमा कोरोना संक्रमितको संख्या ६४ हजार १ सय २२ पुगेको छ ।

यसैगरी पछिल्लो २४ घन्टामा कोरोनामुक्त भएर ९ सय ६६ जना डिस्चार्ज भएका छन् भने जम्मा निको हुनेको संख्या ४६ हजार २ सय ३३ जना पुगेको छ ।

विशेष