News

पेरिसडाँडा वैठकः दशैं अघि नै मन्त्री परिषद पुनर्गठन हुन सक्ने

पेरिसडाँडा वैठकः दशैं अघि नै मन्त्री परिषद पुनर्गठन हुन सक्ने

पेरिसडाँडामा आईतवार वसेको नेकपा स्थायी कमिटिको वैठकले मन्त्री परिषद पुनर्गठनका विषयमा छलफल गरेको छ ।

अध्यक्ष तथा प्रधानमन्त्री केपी आलीले मन्त्रिपरिषद् पुनर्गठनका लागि ती विकल्प वैठकमा सुनाएका थिए भने अर्को अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भने नयाँ र पुराना मन्त्री मिलाएर सरकार वनाउनु पर्ने वताएका छन् ।

एक सचिवालय सदस्यका अनुसार मन्त्री परिषद पुनर्गठन दशैं अघि नै हुने सम्भावना वलियो छ । तर, सरकारवाट को–को वाहिरीने र को को नयाँ आउने भन्ने विषय टुङ्गो  लागेको छैन ।

प्रधानमन्त्री ओलीले केही मन्त्री हटाउने र केहीलाई निरन्तरता दिने, सवै मन्त्री हटाएर नयाँ ल्याउने वा सुरुमा नियुक्त भएकालाई हटाई नयाँ ल्याउने तीन विकल्प अघि सारेका छन् । अध्यक्ष प्रचण्डले भने सवै नयाँ ल्याउने भन्दा पनि प्रभावकारी काम गरेकालाई निरन्तर र सन्तोषजक काम गर्न नसकेकालाई विदा गरेर सरकारको काम प्रभावकारी रुपमा सम्पादन गर्न सक्ने नयाँ मन्त्री ल्याउनु पर्ने सुझाव दिएका छन् ।

पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले वैठकमा मन्त्रिपरिषद् पुनगर्ठनका विषयमा छलफल भएको जानकारी दिए।

विशेष