कोरोनाका कारण एक सैनिक जवानको मृत्यु
कोरोना संक्रमणबाट नेपाली सेनाका एक जवानको मृत्यु भएको छ ।
नेपालमा कोरोनाका कारण सुरक्षा निकायका सदस्यको मृत्यु भएको यो पहिलो घट्ना हो ।
रामेछापका निवासी एक ३४ वर्षीय सैनिक जवानको मृत्यु भएको जनाईएको छ। उनी काठमाण्डौंमा कार्यरत थिए।
नेपाली सेनानले दिएको जानकारी अनुसार उनी ‘ब्लड क्यान्सर’ वाट पीडित थिए । उनको मृत्युपछि कोरोना रिपोर्ट पोजेटिभ आएको हो ।
असोज १ गते कोरोना रिपोर्ट पोजेटिभ आएको उनको भदौ ३१ गते मृत्यु भएको थियो ।