अध्यक्षका समानान्तर कुर्षि राखेर नेकपा सचिवालय वैठक पेरिसडाँडामा सुरु
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केन्द्रीय सचिवालय बैठक तत्कालीन माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिसडाँडामा सुरु भएको छ ।
एकता प्रकृयाका बाँकी काम, संवैधानिक निकायमा रिक्त रहेका पदपुर्ति, केन्द्रीय कमिटी बैठकको तयारी लगायतका विषयमा छलफल हुने जनाईएको छ ।
वैठकमा प्रधानमन्त्री केपी ओली समेत सहभागि छन् । दुवै पार्टी एक भएपछि ओली दोस्रो पटक पेरिस डाँडा पुगेका हुन् ।
दुवै अध्यक्षका लागि समानान्तर रुपमा कुर्षिको ब्यवस्था गरिएको छ ।