News

रेल खरिदमा ओली समर्थकको टिप्पणीः मन्त्रीको ट्वीटर नै नक्कली !

रेल खरिदमा ओली समर्थकको टिप्पणीः मन्त्रीको ट्वीटर नै नक्कली !

असोज २ गते जनकपुर आएको डेमो रेल नेपाल सरकारले किनेको वा भारत सरकारले सहयोग गरेको भन्ने विषयमा यतिवेला चर्चा सुरु भएको छ ।

सरकारले १ अर्व रुपैयाँ खर्च गरेर रेल किनेको दावी गरिरहेको छ । रेल विभागका महानिर्देशक वलराम मिश्रले नेपाल आएका रेल भारतको मद्रासस्थित इन्टिग्रल कोक्स नामक कम्पनीसँग १ अर्बको लागतमा खरिद गरेको वताएका छन्। ती रेल सेटहरुको आपुर्ती कोंकण रेल कर्पोरेशन कम्पनी लिमिटेडले गरेको हो । जुन रेल कुर्था–जनकपुरधाम–जयनगरसम्म सञ्चालनको तयारी छ ।

रेल ट्रयाक र स्टेशनहरुको निर्माण काम भने भारत सरकारको सहयोगमा भएको उनले जानकारी दिए ।

तर, भारतीय रेल मन्त्री पियुस गोयलले भने नेपाल सरकारलाई भारतय सरकारले सहयोग गरेको आसयसहितको ट्वीट गरेका छन। सामाजिक सञ्जालमा भारतीय रेलमन्त्रीकै यस्तो आसय सार्वजनिक भएपछि त्यस विषयमा सर्वसाधारणलाई जानकारी गराउनु सञ्चार माद्यममको दायित्व ठहरियो । सोहि उदेश्यका साथ नेपाल आजले असोज ३ गते ‘भारतीय रेल मन्त्रीको ट्वीटः रेल सित्तैमा पाको कि अरवौं तिरेको ? ’ शिर्षकमा समाचार प्रकाशित गर्यो ।

ओली समर्थको टिप्पणीः रेलमन्त्रीको ट्वीटर नै नक्कली
त्यो समाचार प्रकाशित भएपछि सरकारका केहि समर्थकहरुले रेल मन्त्री पियुस गोयलेको ट्वीट नै नक्कली भएको वताउँन थालेका छन् । उनीहरुको यो टिप्पणीले नागरिक तहमा सरकारको नियत माथि थप आशंका उत्पन्न भएको छ । सरकारको गतल प्रचारलाई ढाकछोप गर्न र रेल खरिदमा भएको अनियमितता ओझेलमा पार्न नियोजित रुपमै यस्ता टिप्पणी सुरु गरिएको उनीहरुको वुझाई छ ।

‘सरकारको कृयाकलापमाथि प्रश्न उठेपछि त्यसको जवाफ दिनु सरकारको दायित्व हो’ जनकपुरका एक स्थानीयले भने–‘यदि खरिद गरेरै रेल ल्याएको हो भने त्यो विषयमा प्रष्ट वोल्न किन नसकेको ?, जनताले खरिद नगर्नु भनेका त छैनन्।’ अझ भारतीय मन्त्रीको ट्वीटर नै नक्कली भएको पुष्टि गर्न खोज्नुले यो आशंका अझ गहिरिदै गएको उनको वुझाई छ ।

नेपालमा आएका रेलको विषयमा गोलले लेखेका छन्–‘नेपाल के साथ हमारे प्राचीन सांस्कृतिक और सौहार्द्रपूर्ण संबंध रहे हैं। अपने इसी संबधोंको नयाँ आयाम देते हुए रेलवेद्वारा नेपाल को २ डेमो ट्रेन सेट दिये गये। इनका उपयोग जयनगर, बिहार से कुर्था, नेपाल तककी रेलयात्रा के लिये किया जायेगा, जिससे दोनो देशोंके नागरिकों को लाभ होगा।’

विशेष