अनसन वस्न जुम्ला पुगेका डा. केसीलाई काठमाण्डौं ल्याईयो
१९औं पटकको अनसनका क्रममा रहेका डा.गोविन्द केसीलाई सोमवार काठमाडौं ल्याईएको छ । स्वास्थ्य अवस्था बिग्रदै गएपछि उनलाई काठमाण्डौ ल्याईएको हो ।
अनसनकै क्रममा स्वास्थ्यमा समस्या देखिएपछि उनलाई दुई दिनअघि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालको आइसियू कक्षमा राखिएको थियो । तर, उनले उपचार लिन मानेका थिएनन्।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस लगायतका कार्यक्रमहरु तत्काल संचालन तथा चिकित्सा शिक्षामा सुधारको माग गर्दै चन्दननाथ– ६ रानीचौरस्थित मन्दिरमा उनले अनसन सुरु गरेका थिए ।
अनसनका क्रममा हिंसा हुन सकने भएपनि आफु काठमाडौं जान तयार भएको उनले प्रतिक्रिया दिएका छन् ।
डा. केसीले जानकारी गरेको विज्ञप्तिमा भनिएको छ –‘दुई वर्षअगाडि हामी सत्याग्रहमा रहेकै कारणले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको अस्पतालमा जसरी राज्यले आतंक फैलाउँदै हिंसा र तोडफोड गर्यो, अहिले पनि केन्द्रदेखि प्रदेश सरकारसम्म उनै पात्रहरु पदमा छन्। त्यसैले फेरि त्यसै खालको हिंसा र आक्रमण नहोस् भनेर हामीले जुम्लादेखि काठमाडौंसम्म यात्रा गरेर उहींबाट सत्याग्रह जारी राख्ने निर्णय गरेका छौं।’।
सरकारले वार्ताको कुनै पहल नगरेको जानकारी दिएका केसीले काठमाडौंमा पनि अनसन जारी राख्ने वताएका छन्।