किर्तिमानी पर्वतारोहि आङरिता शेर्पाको निधन
किर्तिमानी पर्वतारोहि आङरिता शेर्पाको निधन भएको छ । सोमबार जोरपाटीस्थित छोरीको घरमा शेर्पाको निधन भएको हो ।
उनी लिबर र ब्रेन सम्बन्धी समस्याबाट पीडित थिए ।
‘हिम चितुवा’ का नामले परिचित शेर्पाको विहान १० बजे मृत्यु भएको नेपाल पर्वतारोण संघका पूर्वअध्यक्ष आङछिरिङ शेर्पाले जानकारी दिए ।
उनले विनाअक्सिजन १० पटक सगरमाथा आरोहण गरेर विश्व किर्तिमान कायम गरेका छन् ।
उनको अन्त्येष्टि धार्मिक परम्पराअनुसार हुने आङछिरिङ शेर्पाले जानकारी दिएका छन्।