News

कीर्तिमानी पर्वतारोहि शेर्पाको निधनमा प्रधानमन्त्रीद्वारा दुःख व्यक्त 

कीर्तिमानी पर्वतारोहि शेर्पाको निधनमा प्रधानमन्त्रीद्वारा दुःख व्यक्त 

कीर्तिमानी पर्वतारोहि आङरिता शेर्पाको निधनमा प्रधानमन्त्री केपी शर्मा ओलीले दुःख व्यक्त गरेका छन् ।

प्रधानमन्त्री ओलीले सोमवार ट्विटरमार्फत शेर्पालाई श्रद्धाञ्जली व्यक्त गरेका छन् । ‘बिनाअक्सिजन १० पटक सगरमाथा आरोहण गरी विश्व कीर्तिमान कायम गर्नु भएका आङरिता शेर्पाको निधनले अत्यन्त दुखित तुल्याएको छ। यस दुःखद् घडीमा उहाँप्रति हार्दिक श्रद्धासुमन अर्पण गर्दै शोकसन्तप्त परिवार र शुभेच्छुकहरुप्रति गहिरो समवेदना व्यक्त गर्दछु । उहाँको कीर्तिमानी सदास्मरणीय रहने छ।’

हिम चितुवा उपनामले परिचित शेर्पाको सोमबार जोरपाटीस्थित छोरीको घरमा विहान १० बजे मृत्यु निधन भएको हो ।

उनी लिबर र ब्रेन सम्बन्धी समस्याबाट पीडित थिए ।

विशेष