News

वाँकेमा कोरोना संक्रमित कैदीको मृत्यु

वाँकेमा कोरोना संक्रमित कैदीको मृत्यु

बाँकेमा एक कोरोना संक्रमित केदीको मृत्यु भएको छ । स्वास्थ्यमा समस्या भई उपचाररत ५८ वर्षिय उनको भेरी अस्पतालमा उपचारका क्रममा बिहान साढे ६ बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।

सुर्खेत, सहारे निवासी उनी दमको बिरामी रहेको स्वास्थ्य कार्यालय, बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताए । उनलार्य श्वासप्रश्वासमा जटिल समस्या देखिएपछि सुर्खेत कारागारबाट नेपालगन्ज कारागारमा सारिएको थियो ।

कर्तव्य ज्यान मुद्दामा सजाय काटिरहेका उनलाई भदौ २१ गते कोरोना संक्रमण पुष्टि भएपछि २२ गते अस्पताल भर्ना गरिएको थियो ।
 

विशेष