News

आत्तिएर जतिले आत्महत्या गरेपनि नेपालमा अब आधुनिक रेल चल्छः महाप्रवन्धक भट्टराई

आत्तिएर जतिले आत्महत्या गरेपनि नेपालमा अब आधुनिक रेल चल्छः महाप्रवन्धक भट्टराई

नेपाल रेलवे कम्पनी लिमिटेडका महाप्रवन्धक गुरु भट्टराईले रेल खरिद प्रकृयामा भईरहेका टिकाटिप्पणी र गुणस्तरका विषयमा उठिरहेका प्रश्नको कडा जवाफ दिएका छन् ।

पुर्वाधार विज्ञ सुर्यराज आचार्यले सामाजिक संजाल ट्वीटर मार्फत उठाएका सवालको फेसवुक मार्फत जवाफ दिने क्रममा उनले समग्र टिकाटिप्पणीको जवाफ दिने प्रयास गरेका छन् । तथ्य नै नबुझि अन्दाजका भरमा नेपाली जनताको बुद्दी भुट्ने र नागरिकलाइ निराश बनाउने काम भईरहेको उनको भनाई छ ।

‘दुनियाँमै नभएको पदवी पुर्वाधार विज्ञ भनेर चिनाउने डाक्टरसाबको हविगत यस्तो विचित्र छ, जो तथ्य नवुझि अन्दाजमा नेपाली जनताको वुद्दि भुट्ने र नागरिकलाई निराश वनाउने काममा तल्लिन देखिन्छन्। नेपालले भित्र्याएको रेल ५० बर्ष पुरानो  प्रबिधिको भएको भन्ने भ्रम छर्छन’ उनले भनेका छन्–‘यस्ता सफेद झुठ र भ्रम दुनियाँलाई नबाड्नोस।’ आफु पनि प्राबिधिक नै भएको वताउँदै उनले सवैले सोचे जस्तो मुर्ख र ज्ञानहिन नभएको वताएका छन् ।

नेपालले खरिद गरेको डेमो रेल ५० बर्ष पुरानो प्रबिधि हो भनेर दुनियालाई मुर्ख नबनाउन उनले आग्रह गरेका छन् । ‘५० बर्ष पहिले कम्प्युटरको आम बिकास नै भएको थिएन’ उनले लेखेका छन्–‘५० बर्ष पहिले यस्तो प्रबिधि कहाँ कुन मुलुकमा भेट्नु भो प्रमाण प्रस्तुत गर्नुस। यसको स्पेसिफिकेसनको एकलाइन अध्ययन नगरी फटाहा कुरा गर्न मिल्छ बिद्वान मान्छेले?

प्रबिधिमा राजनीति मिसाएपछी यस्ता उट्पट्याङ बुद्दी आउँने भन्दै उनले यस्ता कुरा आफुले चै नवुझ्ने वताएका छन् । फुल्ली अटोमेटेड कम्प्युटराईजड डेमो र्याक रेल झन्डै २ सय बर्षको इतिहास भएको र ६८ हजार किमि रेल्वे ट्रयाक भएको भारतमा पनि सन २०१५ मा मात्रै भित्रिएको उनको तर्क छ ।

‘करिव १५ हजार वटा रेल चलाउने भारतमा पनि ४/५ बर्ष अघि मात्रै भित्रिएको डेमो रेल प्रबिधि ५० बर्ष पुरानो हो भन्न के खाएर बोल्नु पर्छ डाक्टरसाब?’ भन्दै उनले ब्यंग्य गरेका छन् । 

‘रेल आयो। राम्रो कुरा। तर यो रेलले नै प्रमको रेल सपनातर्फको उल्लेख्य प्रगति भन्नु काठमाण्डौंवाट पोखरा जानु पर्ने यात्रु धुलिखेल पुगेर यात्रामा अघि वढें भनेर सन्तोष लिन जस्तै हो’ भन्दै आचार्यले लेखेको विषयमा उनले भनेका छन्–‘ठीक छ, धर्ति नबुझेका र प्रबिधिको ब्यबहारिक प्रयोगमा १ दिन पनि नबिताएका केही बिध्याबारिधीघारीहरु गफ बाहेक त के जान्दछन र? डाक्टरसाब !’

उनले अगाडि भनेका छन्–‘दुनियाको ठुलो रेल यातायात मध्यको भारत आज ६८ हजार किमी दुरीमा रेल चलाउँछ, तपाइलाइ थाहा छ? भारतले प्यासेन्जर रेल सुरु गर्दा बम्बइको बोरिबन्डरदेखी ठाणे ३४ किमी दुरिमा सुरु गरेको थियो । नेपालले देशैभरी एकैपटक रेल संचालन गर्ने नहुँदासम्म रेलको गफ नदेउ भन्ने तपाइ कस्तो बिद्वान ?’

निर्माण कम्पनी इरकन कम्पनिले आफुसँगको कुराकानीमा यसै आर्थिक बर्षमा ५२ किमी (जयनगर–बिजलपुरा) रेल चलाउने र कुर्थादेखी बिजलपुराको थप १७ किमी रेल्वे ट्रयाक आगामी फेव्रुअरीमा दिने प्रतिवद्धता गरेको पनि उनले जानकारी दिएका छन् । ‘हजारौ किलोमिटरको यात्रा पहिलो पाइलाबाटै शुरु हुन्छ’ उनले थपेका छन्–‘तपाइलाइ यसो ध्यान गरेर एकै पटक फुत्त गन्तब्यमा पुग्ने बरदान कसैले दिएको भए थाहा छैन ।’ 

उनले भारतवाट अनुदानमा पाएको तथा वढि मुल्य तिरेर रेल खरिद गरेको लगायतका टिकाटिप्पणीको पनि जवाफ दिएका छन् । ‘२० करोडमा आउने रेल ४२ करोड हाल्यो भन्ने प्रश्न छ, हामीले आइसिएसको स्ट्यान्डर्ड रेट भन्दा एक रुपिया बढी हालेको भए पुष्टी गर्न चुनौति दिन्छु। जीटुजी खरीदमा ४ वटा सरकारी कम्पनिको प्रस्ताव मध्य सस्तो र पुर्ण प्रस्ताव दिने कोनकण रेल्वेको प्रस्ताब स्वीकृत गरिएको थियो’ उनले लेखेका छन्–‘हुन त कम्युटराइज्ड अपरेटिङ सिस्टमलाइ ५० बर्ष पुरानो प्रबिधि भन्नु भो, स्पेसिफिकेसन नै थाहा नहुनेलाइ मोलको कुरा थाहा हुने कुरै भएन। राति सुत्दा यसो गुनेर मोल तोक्नु भएछ । यही रेल हामीसंगै श्रीलंकाले पनि अर्डर गरेको हो । श्रीलंकन रेल्वेसंग क्रस भेरिफाइ गर्नुस डाक्टरसाब!’

उनले ‘अँध्यारोमा तिर हान्दा जहाँ लाग्यो त्यसैलाइ मेरो निशाना हो भन्ने थेउरिस्ट सरहरुको गफ काम छैन यो मुलुकमा’ भन्दै आलोचना गरेका छन् । उनले भनेका छन्–‘यो मुलुकमा आत्तिएर जतिले आत्महत्या गरेपनि नेपालमा अब आधुनिक रेल चल्छ । जयनगर बर्दिबासमा मेट्रोरेल चलाउँन भनेर चै अर्ति नदिनुहोस है।’

विशेष