News विदेश

लागुऔषध तस्करीमा संलग्‍न चिनियाँ नागरिकमाथि अमेरिकाको प्रतिबन्ध 

लागुऔषध तस्करीमा संलग्‍न चिनियाँ नागरिकमाथि अमेरिकाको प्रतिबन्ध 

वाशिङ्टन । अमेरिकी वित्त मन्त्रालयले लागुऔषधको तस्करीमा संलग्‍न रहेका चिनियाँ नागरिकलाई प्रतिबन्ध लगाएको छ । उनीहरुले हिरोइनभन्दा ५० गुणा शक्तिशाली र सस्तो पर्ने फेन्टाइलको तस्करी गरेको आरोप लगाइएको थियो । अमेरिकी वित्त मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, "अमेरिकी वित्तमन्त्रालयको विदेशी सम्पत्ति नियन्त्रण कार्यालय (ओएएफसी) ले चिनियाँ नागरिक टाओटाओ झाङलाई विदेशी नारकोटिक्स किंगपिन डिजाइन ऐन (किंगपिन ऐन) बमोजिम विदेशी लागु पदार्थको तस्करी गरेको आरोपमा प्रतिबन्ध लगाएको छ ।"

विगतमा, फेन्टानिलले संयुक्त राज्य अमेरिकामा ओपिओइड संकटका बेला सन् २०१७ मा २८ हजारभन्दा बढी ओपिओइडको कमीबाट हुने मृत्युको कारक बनेको छ । मन्त्रालयका उपमन्त्री जस्टिन जी, "संयुक्त राज्य अमेरिका यस घातक औषधिको तस्करी गर्ने व्यक्तिमाथि प्रतिबन्ध लगाउने र उक्त तस्करीलाई बन्द गरी संवेदनशीलरुपमा अमेरिकीहरूलाई बचाउन प्रतिबद्ध छ ।"टाओटाओ झाङ रसायन विज्ञ र रासायनिक आपूर्तिकर्ताले ठूलो परिणाममा फेन्टालिनको तस्करी गर्ने गर्दथे । 

"पार्सलमा फेन्टालिन राखेर विभिन्‍न स्थानमा पठाउने गरेको पाइएको छ । संयुक्त राज्य अमेरिकामा उक्त पार्सलहरु प्राप्त भएका छन् । अमेरिकामा आधारित वितरकहरूले सामान्यतया घरेलु ग्राहकहरूलाई थप वितरणको लागि एक किलोग्राम फन्टालिनलाई एक मिलियन नक्कली औषधि विभिन्‍न अस्पतालमा पठाएको पाएका छौं,” विज्ञप्तिमा भनिएको छ ।
 

विशेष