News

वावुराम भट्टराईको ट्वीटः सरकारले सिमा क्षेत्रवाट सामान भित्र्याउन किन पहल नगरेको ?

वावुराम भट्टराईको ट्वीटः सरकारले सिमा क्षेत्रवाट सामान भित्र्याउन किन पहल नगरेको ?

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले चीनबाट आयात गर्न लागिएका सामान लामो समयदेखि सीमामै रोकिएको विषयमा सरकारको आलोचना गरेका छन् ।

सरकारले सिमा क्षेत्रवाट सामान भित्र्याउन पहल नगरेको विषयमा ट्वीट गर्दै आलोचना गरेका हुन् ।

‘छिमेकी चीनबाट आयात हुन लागेका बीस अर्ब बढी मूल्यका सामान सहितका कन्टेनर ६ महिना बढी समयदेखि सीमानामा अलपत्र छन्’ उनको ट्वीटमा भनिएको छ–‘नेपाली व्यवसायीहरूलाई आसन्न चाडबाडको मुखमा ठूलो असुविधा र नोक्सान भैरहेको छ। व्यवसायीहरू हारगुहार गर्दै यत्रतत्र कुदिरहेछ । सरकार किन कानमा तेल हालेर बसेको हो?’

चीनसँगको व्यापारिक नाका तातोपानी र रसुवागढी हाल बन्द छन् । नेपाली मजदुरलाई कारोना देखिएपछि चीनले सो नाका बन्द गरेको छ ।

यस्तै ताल विस्फोट हुन सक्ने भन्दै तातो पानी नाका पनि वन्द गरिएको छ । नाकाभन्दा माथि करिब ४० किलोमिटर दुरीमा रहेको ताल बिष्फोट र कोरोनाको संक्रमण देखाउँदै वन्द भएका नाका नपाल आउने कन्टेनर उतै रोकिएका छन् ।

विशेष