News विदेश

भारतमा कोरोनाका नयाँ संक्रमितको तुलनामा निको हुनेको संख्या वढ्यो

भारतमा कोरोनाका नयाँ संक्रमितको तुलनामा निको हुनेको संख्या वढ्यो

भारतमा नयाँ संक्रमितको तुलनामा निको हुनेको संख्या वढेको छ।

सोमबार ७४ हजार ४ सय ९३ नयाँ संक्रमित थपिदा एकै दिन १ लाख २ हजार ७० बिरामी निको भएका छन् ।

नयाँ संक्रमितको संख्या घट्नु र निको हुनेको संख्या बढ्नु सुखद् खबर हो । ५ दिनअघिसम्म भारतमा अवस्था भयावह थियो, त्यसबेला एकैदिन ९६ हजारभन्दा धेरैमा संक्रमण पुष्टि भएको थियो ।

आइतबारसम्म १० लाख ४ हजार २ सय ७२ जनामा सक्रिय संक्रमण थियो, सोमबार घटेर ९ लाख ७५ हजार ६ सय २३ पुगेको छ ।  यद्यपि, यस्तो सकारात्मक विकासका बाबजुद भारतमा कोरोनाको कहर नियन्त्रणमा भने छैन । यहाँ ५५ लाख ६२ हजारभन्दा धेरैमा संक्रमण पुष्टि भइसकेको छ ।

अमेरिकापछि ५० लाखभन्दा धेरै जनसंख्यामा कोरोना पुष्टि हुने भारत दोस्रो मुलुक हो ।  भारतमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ८८ हजार नाघेको छ । यहाँ अहिलेसम्म ८८ हजार ९ सय ६५ जनाको मृत्यु कोरोनाका कारण भइसकेको छ ।
(एजेन्सिको सहयोगमा)
 

विशेष