News

नेपाली भूमि मिचेको विरोधमा चिनियाँ दूतावास अगाडि प्रदर्शन

नेपाली भूमि मिचेको विरोधमा चिनियाँ दूतावास अगाडि प्रदर्शन

नेपाली भूमि मिचेर भवन निर्माण गरेको विरोधमा वुधवार चिनियाँ दूतावासअगाडि प्रदर्शन गरिएको छ । 

करिव १० महिनादेखि अवरुद्ध रहेको चिन–नेपाल ब्यापारीक नाका खोल्न दवाव दिने उदेश्यले पुगेको एक समुहले दूतावास अगाडि प्रदर्शन गरेको हो ।

‘सचेत नेपाली’ नामको ब्यानरसहित सुरु भएको प्रशर्दनमा प्रहरीले हस्तक्षेप गरेको छ। प्रहरी हस्तक्षेपपछि प्रदर्शनकारीहरु तितरवितर भएका छन् ।

उक्त समुहले प्रदर्शनका क्रममा ‘गो ब्याक चाइना’ भन्दै नारावाजी गरेको थियो ।

नेपाली भुमिमा चिनले दादागिरी गरेको र करिव १ दर्जन ब्यापारीक भवन समेत वनाएको भन्दै उक्त समुहले ‘नेपालको भूमि फिर्ता गर, चिनियाँ बिस्तारवाद मुर्दाबाद, बौद्दिष्ट र मुस्लिममाथिको अत्याचार बन्द गर’ लगायतका नारा लगाएका थिए ।

हुम्लाको नाम्खा गाउँपालिकाको–६ को हिमालीपारीको गाउँ लिमीको लाप्चा क्षेत्रमा चीनले भवन निर्माण गरेको हो। नेपाली भूभागमा चिनियाँ पक्षले एकतर्फी रुपमा भवन बनाउने कार्य अन्तिम चरणमा पु¥याएका छन्। नाम्खा गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर लामाले दिएको जानकारी अनुसार भवन बनाउने कार्य तिब्र गतिमा भइरहेको छ।

सो विषयमा हुम्लाका प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी गिरीको नेतृत्वमा सबै सुरक्षा निकायका अधिकारीले मंगलवार स्थलगत अध्ययन गरेका थिए ।

हुम्ला सदरमुकाम सिमीकोटबाट चिनियाँ पक्षले भवन बनाएको भनिएको स्थानसम्म टोली पुगेको थियो । सो स्थलमा चिनियाँ प्रहरीहरू बसिरहेको र नेपाली टोली पुगेपछि चिनियाँ सेनालाई बोलाएको थियो । टोली पुगेपछि चिनियाँ सैनिकले माइकिङ्ग गरेर नेपालीलाई कुनै कुरा गर्नु पर्ने भए सिमास्थलमा जान भनेको थियो । 

सेनाले भवनहरु नेपाल–चिन सिमाभन्दा एक किलोमिटर भित्र चिनको भुमिमा रहेको वताएका थिए । ११ नम्बरको पिलर हालसम्म नभेटिएकाले भवन कतापटि छ भन्ने कुरा यकिन नभएको टोलीले जनाएको छ । लाप्चा लेकमा रहेको १२ नम्बरको पिलरलाई आधार मान्ने हो ति भवन नपाली भुमिमै पर्ने गाउँपालिका अध्यक्षले वताएका छन् ।

चिनियाँ दुतावासले मंगलवारै हुम्लास्थित नेपाल–चीन सीमा क्षेत्रको नेपाली भूभागमा भवन निर्माण गरेको समाचारको खण्डन गरेको छ।

दूतावासका प्रवक्ता वाङ सीयओलङले हुम्लाामा वनेका भवन चीनकै भूभागमा रहेको प्रमाणित भएको दाबी गरेका छन् । यद्यपी नेपाली पक्षले फेरि पनि त्यसलाई प्रमाणीकरण गर्न सक्ने उनको भनाई छ ।

विशेष