News

‘वा वा... कुलमान’ भन्नेहरु पाखे हुन्ः सुर्य थापा

‘वा वा... कुलमान’ भन्नेहरु पाखे हुन्ः सुर्य थापा

नेकपाका नेता तथा प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले कुलमान घिसिङ्गको समर्थन गर्नेहरुलाई ‘पाखे’ भन्दै निकृष्ट आलोचना गरेका गरेका छन् ।

एक टेलीभिजनलाई अन्तरवार्ता दिने क्रममा प्रस्तोताले सोधेको प्रश्नको जवाफ दिने क्रममा थापाले ‘वा वा कुलमान’ भन्नेहरु पाखे भएको भन्दै आलोचना गरे।
 
वहाँकै कारणले लोडसेडिङ्ग अन्त भयो। कुलमान भगवान हो, वा वा कुलमान घिसिङ्ग भन्नेहरु छन नी ? भन्ने प्रश्तोताको प्रश्नमा थापाले छोटो जवाफमा भनेका छन्–‘तिनीहरु पाखे हुन् । वहाँहरुको सन्तुलित विचार होईन त्यो, दृष्टिकोण होईन र वुझाई होईन ।’

नेपाल विद्युत प्राधिकरणलाई नेतृत्व गर्दा कुलमान घिसिङ्गले अतिरिक्त काम गरेको, चुहावट नियन्त्रण गरेको, काम नगर्ने कर्मचारीलाई काम गर्न प्रेरित गरेको, ब्यवस्थापकिय कुशलता देखाएको र सिस्टम चुस्त वनाएको कुरा सकारात्मक हुँदा हुँदै पनि प्राधिकरणको मात्रै योगदानले लोडसेडिङ्ग अन्त भएको भन्न नमिल्ने उनको भनाई थियो ।

‘लोडसेडिङ्ग अन्त्य गर्न कुलमानको योगदान छैन भनेर कसैले भनेकै छैन। तर, सवै वहाँ नै हो र वहाँले नै सवै गर्नु भो भन्ने पक्षमा पनि हामी छैनां’ उनले भनेका छन्–‘सन्तुलित विस्लेषण, मुल्यांकन र धारणा वनाउनुपर्छ भन्ने मात्रै हो ।’ उनले प्रश्तोतालाई नै प्रश्न गरेका छन्–‘राष्ट्रिय अठोट नभएको भए त्यो सम्भव थियो ?’

लोडसेडिङ्ग अन्त्यको जस प्रधानमन्त्री, उर्जा मन्त्री वा कुलमान घिसिङ्गलाई दिने भन्ने प्रश्नको उत्तर दिदै थापाले विदाईका वेला घिसिङ्गले आफै वाचन गरेको स्टेटमेण्टमा पनि सरकारको योजना, प्रधामन्त्रीको मार्ग निर्देशन र उर्जा मन्त्रीको निर्देशनका कारण लोडसेडिङ्ग अन्त्य भएको कुरा उल्लेख रहेको वताएका छन्। ‘उनले नै त्यसो भनेपछि त्यसको जस कस्लाई दिने ?’– उनले प्रश्न गरेका छन् ।

सरकारले निर्णय नगरेको भए, कार्ययोजना र संकल्प त्यो ढंगले अघि नवढेको भए, विजुली नकिनिएको भए, नयाँ परियोजना थपिएको भए, सिस्टममा भएका खरावी नियन्त्रण नभएको भए विद्युत सर्टेज भइरहेको त्यो वेलामा प्राधिकरणको एकल प्रयासले मात्रै लोडसेडिङ्ग गर्नु असम्भव रहेको उनले दावी गरे । कुलमानको एकल प्रयास भन्दा पनि त्यो सवैको सामुहिक योगवाट नै लोडसेडिङ्ग अन्त्य भएको उनको तर्क छ ।

नेपाल विद्युत प्राधिकरणमा अव कुलमानको पुनर्नियुक्ती नहुने वताए । पुनर्नियुक्ति नभएकै कारण उनी विदा भएको वताएका थापाले अव फेरी घिसिङ्ग नै कार्यकारी निर्देशकमा आएपनि पुरानै चरण पार गरेर आउनु पर्ने जानकारी दिए । सरकारले आवश्यक ठान्यो भने उनलाई नै ल्याउन सक्ने र उनी भन्दा अझ योग्य मान्छे खोज्नु पर्ने देखियो भने अर्को विकल्प पनि हुन सक्ने वताएका उनले कुलमानको विषय ब्यक्तिगत रुपमा विचाराधिन नरहेको स्पष्ट पारे।

सरकारले यसअघि चार वर्षका लागि घिसिङ्गलाई प्राधिकरणमा नियुक्त गरेको र कार्य सम्पादन सम्झौता अनुसार उनले राम्रो काम गरेको थापाले वताए । ‘वहाँले चार वर्षसम्म राम्रो काम गर्नुभो, तर लोडसेडि हटाउने कुरा चै कुलमानको कार्ययोजना होईन’ उनले भने–‘वहाँले सरकारसँग गरेको कार्यसम्पादन सम्झौता अनुसार काम गर्नुभो । सरकारले सोहि समयमा लोडसेडिङ्ग अन्त्य गर्ने निर्णय गर्यो र भयो पनि ।’ त्यसका लागि उनलाई सरकारले धन्यवाद पनि दिएको उनले वताए ।

कुलमानलाई नै प्राधिकरणमा ल्याउनु पर्ने विषयमा सडकमा आन्दोलन पनि भईरहेको भन्दै उनले आन्दोलन र जनताले भोट हालेर कार्यकारी  निर्देशक नचुनिने वताए । ‘कुलमानलाई त्यसैले डुवाएको छ।  आन्दोलन गर्ने, सामाजिक संजालमा जथाभावी लेख्नेहरुकै कारण कुलमानलाई समस्या भईरहेको छ’– उनले भने । 

विशेष