२४ घण्टामा नेपालमा थप ११ सय ७२ जनालाई कारोना संक्रमण
विगत २४ घण्टामा नेपालमा थप ११ सय ७२ जनालाई कारोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङका क्रममा बुधबार प्रवक्ता डा जागेश्वर गौतमले काठमाडौं उपत्यकामा मात्रै ६३७ संक्रमित थपिएको वताए । काठमाडौंमा ४९२, भक्तपुरमा ९५ र ललितपुरका ५० जनालाई कोरोना संक्रमण पुष्टि भएको छ ।
यसैगरी, रुपन्देहीका ६७ जना, सुर्खेतका ४९, मोरङका ४४, सुनसरीका ३७, बाँकेका ३०, गुल्मीका २८, कास्की र अछामका २२र२२ जना, सर्लाहीका २१, बर्दियाका १९, डोटीका १७, मकवानपुरका १६, धादिङ र कैलालीका १४र१४ जना, सप्तरीका १२, सिराहाका ११, काभ्रे र नवलपुरका १०र१० जना तथा झापाका ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
तनहुँ र कपिलवस्तुका ६र६ जना, गोरखा, जमजुङ, स्याङ्जा र नवलपरासीका ५र५ जना, बाराका ४, धनुषा र कञ्चनपुरका ३र३ जना, पाँचथर, रौतहट, नुवाकोट, बाग्लुङ, दाङ, दार्चुला र बैतडीका २र२ जना तथा उदयपुर, ताप्लेजुङ, तेह्रथुम, संखुवासभा, महोत्तरी, चितवन, पर्वत, म्याग्दी र बझाङका १र१ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ६७ हजार ८ सय ४ पुगेको गौतमले वताए ।
नेपालमा हालसम्म कोरोना संक्रमित भएका ४३६ जनाको मृत्यु भएको छ भने ४९ हजार ९५४ जना संक्रमणमुक्त भएका छन् ।
पछिल्लो २४ घण्टामा मात्र १८९३ जना संक्रमणमुक्त भएका छन्।
बुधबार अपराह्नसम्म सक्रिय संक्रमितको संख्या १७ हजार ४ सय १४ रहेको गौतमले बताए ।