सक्रिय संक्रमितको संख्या २५ हजार नाघे फेरी लकडाउन
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सक्रिय संक्रमितको संख्या २५ हजार नाघे पुनः लकडाउन हुने संकेत देखाएको छ ।
बुधबार बिहान बसेको इन्सिडेन्ट कमान्ड सिस्टमको बैठकले सक्रिय संक्रमितको संख्या २५ हजार नाघे पुनः लकडाउन गर्न सरकारलाई सिफारिस गर्ने निर्णय भएको प्रवक्ता डा. जागेश्वर गौतमले बताए ।
२५ हजारभन्दा वढि भए पूर्वाधार र जनशक्तिले व्यवस्थापन गर्न कठिन हुने भएकाले सरकारलाई यस्तो सिफारिस गरएको उनको भनाई छ ।
मन्त्रालयको तथ्यांकअनुसार वुधवार अपरान्हसम्म नेपालमा सक्रिय संक्रमितको संख्या १७ हजार ४ सय १४ छ ।