विद्युत कार्यालयको गाडि वाढिले वगाउँदा १ जनाको मृत्यु, दुई जना वेपत्ता
कपिलवस्तुको बाणगंगा नगरपालिकाको बनगाइ भलवाड डोहोटे सडकखण्डको मोतिपुरस्थित कोइली खोलामा बाढीले नेपाल विद्युत प्राधिकरणको जिप वगाउँदा १ जनाको मृत्यु भएको छ भने दुई जना वेपत्ता भएका छन् ।
जिप चालक गुल्मीको तम्घास घर भएका माधव पाण्डेको मृत्यु भएको प्रहरीले जनाएको छ । २ जना बेपत्ता भएका छन् । तीन जना भने जिपबाट हामफालेर ज्यान बचाएका् प्रहरीको भनाई छ । उनीहरु सवै प्राधिकरणका कर्मचारी हुन्।
सुरक्षाकर्मीले बेपत्ताहरुको खोजी गरिरहेका छन् । बाढीले बगाएको जिपलाई एस्काभेटर लगाएर निकालिएको छ।
प्राधिकरणको कपिलवस्तुस्थित बाणगंगा जितपुर फिडर सेवाको बा १ ञ १०८९ नम्बरको जिप बुधबार बाढीले बगाएको थिाये । जितपुरबाट पडेरियामा रहेको ट्रान्सफर्मरमा फ्युज बनाएर फर्किने क्रममा कर्मचारी चढेको गाडि वाढिले वगाएको फिडरका इन्चार्ज कृष्णप्रसाद पौडेलले जानकारी दिए।